१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको बयान लिइने

वाशिंटन डिसी – अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको बयान लिइने भएको छ।

सन् २०१६ मा सम्पन्न निर्वाचनमा रुसले हस्तक्षेप गरेको विषयमा संघीय जाँच ब्यूरोले अनुसन्धान अघि बढाएको थियो। तर, राष्ट्रपति ट्रम्पले तत्कालिन निर्देशक जेम्स कोमीलाई हटाएपछि प्रभावित भएको अनुसन्धानलाई न्याय मन्त्रालयले अघि बढाएको र यसक्रममा ट्रम्पको बयान लिन लागिएको बीबीसीले जनाएको छ।

न्याय मन्त्रालयका विशेष जाँचकर्ता रोबर्ट मलर अबको दुई साताभित्र ट्रम्पसँग रुसी हस्तक्षेपबारे सोधपुछ गर्ने बताइएको छ।

राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउँसमा पत्रकारहरुसँग कुरा गर्दै पदीय मर्यादाभित्र रहेर बयान दिने बताए। निर्वाचन सकिएको झण्डै डेढ वर्षपछि ट्रम्प रुसी हस्तक्षेपबारे जारी अनुसन्धानका लागि बयान दिन तयार भएको बताइएको छ।

ट्रम्पमाथि रुसले राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेर जिताएको आरोप लाग्दै आएको छ। प्रतिस्पर्धी हिलारी क्लिन्टनले र डेमोक्र्याट सदस्यहरुले यस्तो आरोप लगाउँदै छानविनको माग गर्दै आएका छन्।

प्रकाशित: ११ माघ २०७४ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App