१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

सोल – उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन्। उनीहरू दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन्। 

आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिश्पर्धा गर्ने भएका हुन्। 

त्यसैले सो खेलमा दक्षिण र उत्तर कोरियाका महिला खेलाडीले संयुक्त रुपमा अभ्यास गर्ने भएका छन। 

दुई कोरियाबीच यस्तो सहभागीता करिब तीन दशक यता पहिलो पटक भएको जनाइएको छ। यसका साथै लामो समयपछि यसरी उत्तर कोरियाली महिला अधिकारी पहिलो पटक दक्षिण कोरिया प्रवेश गरेको पनि सो समाचारमा जनाइएको छ। 

अर्को महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा दुई कोरियाबीच यस्तो सहभागिता सुरु हुन थालेको छ। 

उत्तर कोरियाबाट आएका आइस हक्की खेल समूहका ती महिलालाई दक्षिण कोरियाको जिन्चेओनमा रहेको राष्ट्रिय आइस हक्की तालिम केन्द्रमा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो । 

शितकालीन ओलम्पिक खेलकूदले उत्तर कोरियाको आणविक सशस्त्र महत्वाकांक्षाको कारण उत्पन्न दुई कोरियाबीचको विगत लामो समयदेखिको शत्रुतापूर्ण सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ। 

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउन सुरु गरिसकेको पनि अर्को एक समाचारमा जनाइएको छ। 

यस अघि पनि उत्तर कोरियाली सरकारी अधिकारीसहितको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगिसकेको थियो। 

अर्को महिना दक्षिण कोरियामा आयोजना हुन गईरहेको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न पनि उत्तरका अधिकारीहरु त्यहाँ गएका छन्। 

चार बर्षयता पहिलो पटक उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको यो नै पहिलो पटक भएको सोलबाट अधिकारीहरुले जानकारी दिएका छन्। 

यस ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाले एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न पनि सहमति जनाएको समाचार यसअघि नै आएको थियो । 

जसले गर्दा आगामी दिनमा पनि यी दुई कोरियाबीचको सम्बन्धमा अहिलेको तुलनामा थप सुधार हुने विश्लेषकहरुको अनुमान छ। 

प्रकाशित: ११ माघ २०७४ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App