१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैंकले समयमै रकम नदिएको भन्दै प्रशासन पुगे भूकम्प पीडित

बैंकले पटक पटक बोलाएर रकम नदिएको भन्दै गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका भूकम्प पीडितहरु। तस्बिर: मन्जु उप्रेती

रामेछाप- जिल्लामा रहेका बैंकहरुले भूकम्प पीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा पीडितहरु मारमा परेका छन्। आफ्नो नाममा निकासा भएको रकम समयमा नपाएको भन्दै पीडितहरु गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

जिल्ला समन्वय समितिबाट करिव एक महिना अघि पीडितहरुको नाममा निकासा भएको रकम आफुहरुले मन्थलीमा रहेको एनसीसी बैंकमा पटक पटक धाउँदा पनि नपाएको सुनापति गाउँपालिका २ का सुकवीर तमाङले बताए। उनले आफु पैसा निकासा भएर दुइ पटकसम्म बैंकमा आउँदा समेत पैसा नपाएको बताए। उनले आफु जस्तै गाउँका अन्य भूकम्प पीडितलाई समेत २/३ पटकसम्म बोलाएर पनि रकम नदिएको बताए। बैंकले पटक पटक बोलाएर रकम नदिएको भन्दै मंगलबार वडासचिब रुद्र प्रसाद चापागाई सहित जिल्ला प्रशासन पुगेर पीडितहरुले बैंकको ढिलासुस्तीले आफुँहरु मारमा परेको भन्दै गुनासो समेत पोखेका छन्।

बैंकले पटक पटक बोलाउने तर रकम नदिने गरेको र मंगलबार पनि बैंक पुग्दा आज फर्म भरेर जानु भनि फर्काएको दिमी पोखरीका अर्का भूकम्प पीडित शम्भुलाल लामाले बताए। ‘टाढादेखि आफ्नो नामको पैसा लिन समय र पैसा खर्च गरेर पटक पटक आयो बैकले रकम नदिदा पाउने रकम भन्दा बढी जान आउनै खर्च हुने अवस्था भइसक्यो’, लामाले थप्दै भने। भूकम्प पीडितहरु आफ्नो नाममा आएको रकम झिक्न जादाँ बैकंले समेत फरक व्यवहार गर्ने गरेको वडा सचिब रुद्र प्रसाद चापागाई बताउँछन्।

दुई दिन अघि मात्र बैंकले पीडितको पैसा निकासा भएर पनि समयमा नदिएको भन्दै खाँडादेवी गाउँपालिका ८ गागल भदौरेका वडाध्यक्ष इन्द्र बहादुर तमाङले समेत मन्थलीमा रहेको टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना वडाका भूकम्प पीडितहरुलाई समेत बैंकले उनीहरुको नाममा निकासा भएको रकम नदिएको भन्दै जिल्ला प्रशासनमा गएर गुनासो व्यक्त गरेका छन्। बैंकले गरेका लापरबाहीले पीडितले सास्ती व्यहोर्नु परेको समस्याको समाधान गरि दिन जिल्ला प्रशासन कार्यालय रामेछापमा आग्रह गरेका छन्। बैंकले आफ्नो नाममा आएको पैसा अन्यत्र लगानी गरी फाइदा लिनका लागि आफुहरुलाई झुलाएको आरोप लगाएका छन्। बैंकले गरेको ढिलासुस्ती तथा आलटालका विषयमा पिडितहरुको गुनासोको आधारमा बास्तविकता के हो बैंकहरुमा बुझ्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक पमुख जिल्ला अधिकारी जगदीश मिश्रले जानकारी दिए।

 

प्रकाशित: ९ माघ २०७४ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App