१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोबाट बच्न दुई हजार बिरुवा रोपण

छायानाथ रारा नगरपालिका वडा नम्बर ४ र ५ स्थित खोलिमा वृक्षारोपण गरिदै ।  तस्वीर: सुमन मल्ल,

मुगु – मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ र ५ स्थित खोलि भन्ने स्थानमा प्रत्येक वर्ष पहिरोले जमिन कटान गर्न थालेपछि स्थानीयवासीको सक्रियतामा २ हजार विरुवा रोपिएको छ। 

वडा नम्बर ४ र ५ मा रहेको सामुदायिक सिकाई केन्द्रले अनौपचारि शिक्षाका लागि विहान वेलुकी सञ्चालन हुने अनौपचारिक कक्षाका सहजकर्तालाई मासिक पारिश्रमिक, स्टेशनरी, बैठक सञ्चालन खर्च भई बचेको रकमबाट पहिरोको जोखिम रहेको ५ हेक्टर जमिनमा उत्तिसका २ हजार विरुवा रोपिएको सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्णबहादुर भामले जानकारी दिए। 

सिकाई केन्द्रले बचत गरेको ४ लाख रकम मध्ये १ लाख रकमबाट सिकाई केन्द्रका नाममा जग्गा खरिद गरेको र बाँकि रहेको रकम बाट वृक्षारोपण गरि लगाईएका विरुवाको संरक्षणका लागि १ जना हेरालुको समेत व्यवस्था गरेको अध्यक्ष भामले बताए। 

बाढि पहिरोको जोखिम रहेको क्षेत्रमा तटबन्ध, वृक्षारोपण गर्ने कार्य एकल प्रयासले सफल नहुँने भएकाले स्थानीयवासी सरकोरवाला सबै मिलेर लाग्नु पर्ने छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए। 

नगरपालिकाले नगर क्षेत्रलाई ग्रीन सिटीको अवधारणा अनुसार सबै गाउँ बस्ती, पहिरोको जोखिम रहेका स्थानमा तटबन्ध सहित वृक्षारोपण, जनचेतना मुलक कार्यक्रम अघि सार्ने मेयर शाहीको भनाई छ।

 

प्रकाशित: ७ माघ २०७४ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App