१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भिलेन मौनी

मुम्बई–भारतीय टेलिभिजनमा ‘नागिन’का रुपमा परिचित मौनी रोयको अभिनयको गाडीले केही समय अघिमात्र बलिउडको ट्रयाक समातेको छ । उनी अभिनित फिल्म ‘गोल्ड’को रिलिज समय निकै टाढा भए पनि उनी अर्को नयाँ फिल्ममा अनुबन्धित भइसकेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रणबीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’लागि उनलाई फाइनल गरिसकिएको छ । फिल्ममा उनी नकारात्मक चरित्र अर्थात भिलेनको रुपमा देखिँदैछिन् । उनले फिल्ममा सुपरहिरो बनेका रणवीरलाई समस्यामा पार्ने काम गर्छिन् । उनलाई फिल्मको पहिलो भागमा नकारात्मक चरित्रमा देखाइने भनिए पनि दोस्रो भागमा उनको चरित्र कस्तो हुन्छ भन्ने केही खुलाइएको छैन ।

मौनीले बलिउड यात्राको शूरुवात बलिउडका खिलाडी कुमारका रुपमा परिचित अक्षय कुमारसँगको कामबाट गर्दैछिन् । सन् १९४८ को लण्डन ओलम्पिकमा आधारित फिल्म ‘गोल्ड’को सुटिङ पुरा भइसकेको छ । फिल्म अगष्ट १५ मा रिलिज हुँदैछ ।फिल्ममा कुणाल कपुर र अमित साधलाई पनि प्रमुख भूमिकामा देखिनेछ । यो फिल्ममा अक्षयको लुक्स पुरानो समयको जस्तै देखिने भएकाले दर्शकका लागि यो फिल्म प्रतिक्षित बनेको छ ।

प्रकाशित: ४ माघ २०७४ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App