१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानका सुरक्षा सल्लाहकार निरन्तर सम्पर्कमा

नयाँदिल्ली – स्वतन्त्र भएदेखि सुमधुर सम्बन्ध नभएको भारत र पाकिस्तान सरकार निरन्तर सम्वाद रहेको तथ्य बाहिरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारका सुरक्षा सल्लाहकार अजित दोभाल र पाकिस्तानी समकक्षी जनरल नसीर जुंजुआ निरन्तर सम्वादमा छन। आफ्नो देशको प्रतिनिधित्व गर्दै दुबैले भेट र फोन सम्पर्कमार्फत निरन्तर वार्ता गरिरहेका छन। यद्यपी वार्तालाई बाहिर सार्वजनिक गरिएको छैन्।

यी दुबैबीच हालसम्म बैंककमा ३ पटक र रुसमा एकपटक भेट भइसकेको छ। भेटमा दुई देशबीचको तनाव र उतारचढाव अन्त्य गर्दै सम्बन्ध सुधार गर्ने विषयमा वार्ता भइरहेको छ। बैंककमा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको बताइएको छ। दुबै देश सिधा हवाई सेवा सञ्चालन गर्न इच्छुक छन्।

त्यस्तै गत वर्षको मे महिनामा रुसमा सम्पन्न दुई दिने सुरक्षा सम्मेलनका क्रममा पनि दुई देशका सुरक्षा सल्लाहकारबीच वार्ता भएको थियो। यो भेटमा दुई देशबीचको पछिल्लो तनाव र निकासबारे छलफल भएको थियो। यो वार्तापछि पाकिस्तान भारतप्रति नरम रुपमा प्रस्तुत हुँदै आएको छ। जसको उदाहरणका रुपमा पाकिस्तानमा मृत्युदण्ड सुनाइएका कुलभुषण जाधवलाई परिवारसँग भेटको अनुमति दिनु रहेको छ। त्यस्तै पाकिस्तानमा पक्राउ परेका ३ सय माझीलाई छोडिएको छ।

दुई देशका सल्लाहकारबीच आगामी जनवरी २२ मा दावोसमा हुने दुई दिने वर्ल्ड इकोनोमिक फोरममा पनि भेट हुनसक्ने बताइएको छ।

प्रकाशित: ३० पुस २०७४ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App