१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'यातायात सेवा नपाउनु पनि मानवअधिकार हनन्'

मकवानपुर- उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औँ शताब्दीमा पनि नेपालका केही जिल्लामा सडक सञ्जाल नजोडिएका कारण मानिस घण्टौंसम्म हिंड्न बाध्य हुनु मानवअधिकार हनन् भएको बताएका छन् । देश विकासको महत्वपूर्ण क्षेत्र यातायातमा भएको उपलब्धी गौरव गर्न लायक भए पनि सन्तोषजनक नभएकाले सरकारले बिशेष योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।

नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको बुधबार हेटौंडामा उद्घाटनमा बोल्दै पुनले यातायात क्षेत्रको विकास र सहज पहुँचले देशको समृद्धिमा सहयोग पुग्ने बताए । नेपालको सार्वजनिक यातायात निजी क्षेत्रले एकाधिकार जस्तै गरी सेवा सञ्चालन गरिरहेको भन्दै उनले अर्बौको लगानीमा सुबिधासहित सेवा सञ्चालन गरेकोमा व्यवसायीलाई धन्यवाद दिए ।

अझै पनि धेरै सडक कच्ची भएकाले दुर्गम क्षेत्रका जनताले सहज यातायात सेवा लिन नपाएको उनको भनाइ थियो । पाँच महिनामा सक्नुपर्ने सडक निर्माण तथा मर्मत पाँच वर्षमा पनि नसकाउने बेथिती बढेकोमा चिन्ता व्यक्त गर्दै उनले मापदण्डविपरीत, जीर्ण र गुणस्तरहीन सडक भएकाले यातायात सेवामा समस्या बढेको बताए ।

३ हजार ५ सय ६० मतदाता रहेको संघको साधारणसभाले ती सदस्य मनोनित गर्नेगरी ३१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।संघमा मेचीदेखि दार्चुलासम्मका ७ हजार ४ सय २२ सवारी साधन आबद्ध रहेका छन् । संघको निर्वाचनमा पूर्वअध्यक्षद्वय हीरालाल श्रेष्ठ र गोकर्ण पराजुलीले प्यानल बनाएरै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रकाशित: २७ पुस २०७४ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App