१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माघ २४ पछि मुलुक आर्थिक समृद्धितर्फः मन्त्री पोखरेल

कटारी (उदयपुर)- विना विभागीयमन्त्री गिरीराजमणि पोखरेलले आउँदो माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनपछि मुलुकले समृद्धिको बाटो तय गर्ने बताएका छन्। मंगलबारदेखि सुरु उदयपुरको कटारी नगरपालिका १ स्थित मावि कालीखोलाको ४० औं वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री पाखेरेलले माघ २४ पछि देश आर्थिक समृद्धितर्फ उन्मुख हुने बताए।

नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र र संघीयता संस्थागत गर्ने काम अघि बढिसकेको भन्दै अव आर्थिक समृद्धितर्फ सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। देशको शैक्षिकस्तर बृद्धि गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो। विद्यालय र स्थानीय तहको साईनो माछा–पानीसरह रहेको भन्दै उनले हरेक विद्यालयको स्तरोन्नति र गुणस्तर बृद्धिका लागि विद्यालय र स्थानीय तहबीच अनिवार्य समन्वय हुनुपर्ने बताए।

पूर्व शिक्षामन्त्रीसमेत रहेका पोखरेलले नगरपालिकाले आगामी दिनमा नगर विकास योजना निर्माण गर्दा शिक्षालाई पहिलो प्राथमिक्तामा राख्न सुझाए। माध्यामिक तहसम्मको शिक्षा नीति बनाउँदा स्थानीय सरकारले बनाउनुपर्ने र उच्च शिक्षा नीति प्रदेशसभा र संघीय प्रतिनिधिसभाले गर्ने व्यवस्था संविधानले गरेको उनले स्मरण गराए । शिक्षालाई संविधानको ‘मौलिक हक’ भित्र राखिएको बताउँदै उनले भने ‘शिक्षासम्बन्धी नीति बनाउँदा स्थानीय तह, प्रदेशसभा र संघीय प्रतिनिधिसभाका पदाधिकारी संलग्न भएर गर्नुपर्छ।’

स्थानीय तहहरुले आफ्नै परीक्षा बोर्ड गठन गर्ने काम अहिले नै सम्भव नभएको भन्दै ऐन बनाउनु जरुरी रहेको पोखरेलको भनाई थियो । बालबालिकाको पठनपाठनप्रति सचेत हुन शिक्षकहरुलाई आग्रह गर्दै उनले हरेक बच्चाको प्रतिभा चिनेर पढाउनसक्ने शिक्षक नै कुशल शिक्षक हुने बताए । नियमित पठनपाठन नगराउने, गृहकार्य नदिने र गृहकार्य परीक्षण नगर्ने शिक्षक शिक्षक हुन लायक नरहने चेतावनी उनको थियो।

कार्यक्रममा क्षेत्र नम्बर २ (१) का नवनिर्वाचित प्रदेशसभा सदस्य नारायण बुर्जामगर र १ (२) का सांसद कला घलेले प्रदेश कानुन बनाउँदा स्थानीय तहको वस्तुगत आवशयक्ता अनुसारको शिैक्षा नीति बनाउन आफुहरु लागी पर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्ला जिल्ला शिक्षा अधिकारी हरिहर धितालले पठनपाठनसँगै अतिरिक्त कृयाकलाप पनि विद्यार्थीको क्षमता बृद्धि गर्ने अर्को पाटौ भएको भन्दै हरेक विद्यालयमा बालमैत्री उत्कृष्ट कक्षा निर्माण गर्न सुझाव दिए।

प्रकाशित: २६ पुस २०७४ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App