१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय झण्डा चिनाउने अभियान अब नगरपालिकासम्म

काठमाडौं— राष्ट्रिय झण्डालाई चिनाउँदै ७५ जिल्लाको अभियान पूरा गरेपछि अब सो अभियान मुलुकका सबै नगरपालिकामा पुर्याभइने भएको छ। लक्ष्मीनायण शिल्पकारले राष्ट्रिय झण्डा बोकेर देशव्यापी चिनाउने काम गर्दै आएका छन्।

आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्र, संस्कृति एवम् साहित्यकार चेतन कार्कीले अभियानको उद्घाटन गर्दै कुनै पनि मुलुक सार्वभौमसत्ता सम्पन्न भएको चिनारी दिन राष्ट्रिय झण्डा सशक्त माध्यम रहेको बताए। उनले राष्ट्रिय झण्डामा सूर्य र चन्द्रको चिन्ह राखिनुको अर्थ संसारमा चन्द्रमा र सूर्यको अस्तित्व रहँदासम्म नेपालको पनि अस्तित्व रहने उल्लेख गरे।

साहित्यकार मुरारी सिग्देलले सामान्य लेखपढ र आर्थिक स्थिति भएका लक्ष्मीनारायणबाट मुलुकभर राष्ट्रिय झण्डाको पहिचान गराउने काम निकै प्रशंसनीय रहेको बताए।

सो कार्यक्रममा अभियन्ता लक्ष्मीनारायण शिल्पकारले राष्ट्रिय भावनाको कमीले गर्दा समाजमा विकृति बढ्को बताउँदै आफ्नो देशव्यापी झण्डा चिनाउने अभियानले पनि राष्ट्रिय भावनाको जागरण ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनले हाम्रो राष्ट्रिय झण्डाको अस्तित्व मेटियो भने देश पनि मेटिन सक्छ र हामीले आफूलाई नेपाली हौँ भन्ने दिन पनि सकिने भएकाले आफूले ७५ जिल्ला भ्रमण पूरा भएको र अबको दुई वर्षभित्र मुलुकका सबै नगरपालिकामा पुग्ने प्रतिवद्धता व्यक्त जनाए। रासस

 

प्रकाशित: ६ असार २०७३ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App