१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘ससुरा’ले जबजस्तीकरणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी

वीरगन्ज – वीरगन्जका एक जना अधिवक्ता मन्सुरबाबु सिद्दकी कि धर्मबुहारीले आफुउपर उनले पटक पटक बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन्। सिद्दकीले धर्म परिवर्तन गराई हिन्दुबाट मुस्लिम बनाउदै धर्म छोरा बनाएका वीरगन्ज १३ राधेमाई बस्ने २८ बर्षे युवककी श्रीमती रहेकी १८ बर्षे किशोरीले जबरजस्ती करणी गर्न प्रयास गरेको अभियोगमा मुद्दा चलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई जाहेरी गरेकी छिन्।

वीरगन्ज महानगरपालिका – १३ राधेमाईमा डेरामा बस्दै आएका अधिवक्ता मन्सुरेले पर्सा जिल्लाको धोबिनी घर भएका विकास पटेललाई धर्म परिवर्तन गराई विकाउ मियाँ नामाकरण गरी छोरा मानेका छन्। विकाउको यसअघि बिहे असफल हुदै श्रीमतीसंग सम्बनध बिच्छेद भइसकेको छ। उनले दोस्रो श्रीमतिको रुपमा कलैया कि १८ बर्षे किशोरीलाई मुस्लिम परम्परा अनुसार निकाह गराएर भित्र्याएको उक्त निकाह गराउने मौलाना शेख फरियाद अहमदले प्रहरीलाई बताएका छन्।

‘सुसुरा माहापापी छ, श्रीमानलाई घर बाहिर बाहिर राख्ने र मलाई अँगालो हाल्ने, ओछ्यानमा पछार्ने र जबरजस्ती गर्ने खोज्ने गर्दा मैले नमानेपछि सासुले मलाई कुटेकी थिइन्,’ जाहेरीकर्ता किशोरीले भनिन्, ‘मेरो सासुको दोस्रो श्रीमान हुन मन्सुर र मन्सुरको दोस्रो श्रीमती हुन् मेरो सासु। मंसंग नाजायज सम्बन्ध गराउने दबाव सासुले नै राखेपछि मैले घरबाट भागेर मेरो बाबुको मामाघर गहवामा लुकेको थिएँ।’ आफूलाई पीडित बताएकी किशोरीका श्रीमान विकाउ आरोपित मन्सुर बाबु सिद्दकीको आफ्नो सन्तान नभए पनि उनको नाम निकाहनामा (मुस्लिम परम्परामा विहे गराउदा बनाइने करार)मा बुवा भनेर उल्लेख छ।

बिहेमा एक जना अभिभावकको नाम उल्लेख गर्नुपर्ने भएइकोले मात्र मन्सुरबाबुको नाम छोराको बुवाको रुपमा उल्लेख हुन गएको पिडित किशोरीका सासुले बताएकी छिन्। विकास पटेल (हाल बिकाउ मियाँ)का बुवाको मृत्युपछि उनकी आमाले धर्म परिवर्तन गर्दै मुस्लिम धर्म मानी मन्सुरकी श्रीमती बनेकी किशोरीले बताएकी छिन्। उनीहरु नै अभिभावक भइ आफूलाई श्रीमतिको रुपमा भित्र्याएको उनले बताइन्। विवाहको दुई महिना नवित्दै किशोरीले घर छाडी भाग्नुको उनीसँग विकल्प थिएन् भनि बताएकी छिन्।

ससुराको हर्कतको बारेमा बताउदा उनि भावुक थिइन्। आरोपी सिद्दकीले निज किशोरी रातिराति मोबाइलमा अरु केटासंग कुरा गर्ने गरेको र घर परिवारले थाहा पाएपछि आफ्नो गल्ती लुकाउन घर छोडी भागेको आरोप लगाएका छन्। अहिले आफ्नो बाबुको इशारामा पैसा हत्याउने उद्देश्यले गलत आरोपहरु उनले लगाएको सिद्दकीले बताए। यसअघि गत पुस १८ मा ति किशोरी श्रीमानको घरभित्रै असुरक्षित भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरले घरबाट पुरै परिवारलाई झिकाई लामो सोधपुछपछि फिर्ता पठाएको थियो। त्यही राति किशोरी भागेको परिवारले जनाएको छ। उनीसंग गलत ब्यवहार हुदै आएको भए सोही समय किशोरीले प्रहरीलाई बताउनु पर्ने थियो भनी सिद्दकीको दावी छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले मंगलवार पुनः उपस्थित हुने गरी सोमवार साँझ दुबै पक्षलाई पठाइएको बताए। राजनीतिक पँहुच भएको बताइएका आरोपीका पक्षबाट भने प्रहरीलाई दिनभरी फोन कलहरु आएको जिल्ला प्रहरी कार्यालयकै स्रोतले बताएको छ। किशोरीले लगाएको आरोपलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताएका छन्। अहिले नै केही भन्न नसकिने भन्दै अनुसन्धान कार्य भइरहेको र दोषीलाई कानून अनुसार कारवाही गरिने उनले बताए।

प्रकाशित: २४ पुस २०७४ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App