बञ्चरो हानेर हत्या गरिएको घटनामा भट्टराईविरुद्ध उजुरी

सोमबार, ०६ असार २०७३, १६ : ५३

सुरुङ्गा (झापा) —सत्य निरूपण तथा मेलमिलाप आयोगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईंविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घन गरेको भन्दै झापामा उजुरी परेको छ।

नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका डा.भट्टराई तत्कालीन समयमा नेकपा माओवादीमा प्रमुख जिम्मेवार रहेको तथा चापागाईं इलाममा पार्टीको जिम्मेवार तहमा रहेका बेला शान्तिपुर–३ इलामका चन्द्रकान्त भट्टराईको हत्या भएको भन्दै उनीहरुविरुद्ध आरोप लगाइएको छ।

विसं २०५६ कात्तिक २४ गते राति १० बजे घरमा सुतिरहेका बेला बन्दुक, पटका, बन्चरो, कत्ती, खुकुरीजस्ता घरेलु हतियार प्रयोग गरी ५७ वर्षीय भट्टराईको हत्या गरिएको भनी उनका छोरा ऋतुपर्ण भट्टराईले स्थानीय शान्ति समितिमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोगमा खुल्ला उजुरी दिएका हुन्।

उक्त जघन्य अपराधमा दमक, बाह्रघरेका टङ्क ढकालको समेत संलग्नता रहेको उजुरीमा दाबी गरिएको छ। घटनास्थलबाट प्राप्त सबुत त्यसैबेला जिल्ला प्रहरी कार्यालयमा पेस गरेको उल्लेख गर्दै ऋतुपर्णले न्याय दिलाई पाऊँ भनी उजुरी गरेका छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad