१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रियल मड्रिड विजयी, बार्सिलेना बराबरीमा रोकियो

स्पेन– स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड  विजयी भएको छ।

बिहीबार राति सम्पन्न खेलमा ला लिगाको चौंथो स्थानमा रहेको रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हरायो । रियलका लागि ३५ औँ मिनेटमा पेनाल्टीमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा इस्कोले गाोल गर्दै टोलीको अग्रता दोब्बर पारे । रियलका लागि थप १ गोल दोस्रो हाफको इन्जुरी समयमा मायोरलले गरेका थिए ।

खेलको ६० औँ मिनेटमा डियामान्का दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमान्सिया १० खेलाडीमा सीमित भएको थियो । 

रियल क्रिष्टियानो रोनाल्डो र करिब बेन्जिमा बिना मैदान उत्रेको थियो।

अर्को खेलमा ला लिगा लिडर बार्सिलेना भने सेल्टा डि भिगोसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको १५ औं मिनेटमा अर्नाइजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएक थिए तर पहिलो हाफकै ३१ औँ मिनेटमा सिस्टोले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । सो खेलमा लियोनल मेस्सी तथा लुइस स्वारेजले भने खेलेका थिएनन् ।

त्यस्तै राति नै सम्पन्न अरु खेलमा लेगानेसले भिल्लारियललाई १–० तथा लेभान्टेले इस्पानियोललाई २–१ ले हरायो ।
 

प्रकाशित: २१ पुस २०७४ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App