१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा रेल दुर्घटना, ४काे मृत्यु, ४० भन्दा बढी घाइते

जोहानेसवर्ग – दक्षिण अफ्रिकामा विहीबार भएको एक रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका चिकित्सक तथा प्रत्यक्षदर्शीले बताएका छन्। 

द्रुतगतिमा रहेको रेल एक मादबाहक ट्रकसँग ठोक्किँदा उक्त दुखद् घटना भएको प्रहरीले जनाएको छ। 

“जोहानेसवर्गबाट करिब २०० किलोमिटर दक्षिणपश्चिममा अवस्थित क्रुनस्टाड नजिकै भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बढी यात्रु गम्भीर घाइते भएका छन्,” चिकित्सकले ट्वीटरमार्फत बताएका छन्। 

घटनास्थलमा तत्काल पुगी प्राथमिक उपचार दिइरहेको ९११ नेटकेयर आपतकालिन स्वास्थ्य सेवाका चिकित्सकले केही गम्भीर घाइतेलाई प्राथमिक उपचारपछि अस्पताल पठाइएको बताए। घाइतेमध्ये केही जनालाई गम्भीर चोट लागेकाले मृतकको सङ्ख्यामा थप वृद्धि हुने जनाइएको छ। 

यसैबीच अमेरिकी समाचार संस्था एपीले घाइतेको सङ्ख्या १०० भन्दा बढी भएको संक्षिप्त समाचार दिएको छ। 

स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले दुर्घटनास्थलबाट प्राप्त रेलमा आगलागीसमेत भएको र रेलका डब्बाबाट धुँवाको कालो मुस्लो निस्केका दृश्य सार्वजनिक गरेका छन्। 

अफ्रिकामा नयाँ वर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सवैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ। 

प्रकाशित: २० पुस २०७४ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App