१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

जलालाबाद –पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन्। 

आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको प्रवक्ता आताउल्लाह खोगीआनीले बताएका छन्। 

नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा आइएस आतङ्ककारी लुकेर बसेका स्थानलाई लक्षगरी मङ्गलबार बिहान सरकारी सुरक्षा बलले गरेको हवाई कारबाहीमा परी ६० आतङ्ककारी मारिनुको साथै अन्य १८ जना घाइते भएका खोगीआनीले बताए। 

यस कारबाहीको क्रममा एक सर्वसाधारणको मृत्यु हुनको साथै अन्य १३ घाइते भएका बताइएको छ। 

नान्गाहार प्रान्तको पूर्वी भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। 

प्रकाशित: १८ पुस २०७४ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App