१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

दमास्कस – सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ। 

ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था सानाले जनाएको छ। 

ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै आफ्नो नियन्त्रणमा लिएको सहर हो। 

उनीहरूलाई सन् २०१४ को मध्यतिर मिब्डी अफ्नान नजिकैको ठाँउमा आईएस लडाकूहरुले मारेको सानाले लेखेको छ। सवै शवलाई लडाकूहरुले एकै रातमा जमिनमा पुरेर छाडेका थिए। 

सानाले जनाएअनुसार अर्को आम चिहानबाट पनि शवहरु बाहिर निकालिएको छ। तर त्यसलाई सार्वजनिक गर्ने कार्य भने तयारी अवस्थामै रहेको छ। 

सिरियाली सेनाले गत जुलाईमा डिब्सी अफ्नान र अरु क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसअगाडि अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्र्याटीक फोर्सले अक्टोबरमा रक्काको राजधानी कब्जामा लिएको थियो। 

आईएस लडाकूहरुले आफ्नो बलियो प्रभाव रहेको मानिएको पुर्वी प्रान्त डैर अल जौरमा पनि प्रभाव गुमाएको छ। 

प्रकाशित: १६ पुस २०७४ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App