१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कराते तथा किकबक्सिङमा नेपाल च्याम्पियन

नयाँ दिल्ली– तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।  भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरियो कराते डु मिसन संघका सहभागी २१ खेलाडीले नै पदक जितेका छन् । नेपाली टोली १६ स्वर्ण, ४ रजत र १ कांस्य जिती टिम च्याम्पियन भएको छ । 
प्रतियोगितामा साहिल गुरुङ, प्रशान्त थापा, प्रसून शाही, डिब्बिन गुरुङ, रिजन पाण्डे, एलिसा घिमिरे, शिवम बस्नेत, रोशन राना, सुमन परियार, शिवानी बस्नेत, सुष्मा पाण्डे, विपना जिएम, मेबहादुर जिएम, विपिन राना, राजकुमार हरिजन र सञ्जय चौधरीले स्वर्ण जितेका थिए । त्यस्तै प्रियंका थापा, कृतिमा गौतम, कनिष्क राना र दिलबहादुर बुढाथोकीले रजत जितेका थिए ।  रूपा रानाले कांस्य जितेकी थिइन् । 
मार्सल आर्टस स्कुल  एसोसिएसन अफ इन्डियाको आयोजनामा भएको प्रतियोगितामा भारतीय टिम दोस्रो  र श्रीलंकाको टिम तेस्रो भए । विजेता खेलाडीहरूलाई दिल्ली क्षेत्रका लोकसभा सदस्य एवं भाजपा नेता मनोज तिवारीलगायतले पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । 

 

प्रकाशित: १६ पुस २०७४ ००:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App