१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

वासिङटन – इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन्। 

इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग ट्रम्पले गर्नु भएको टेलिफोन वार्तामा उनले इजिप्टका जनतालाई समवेदना व्यक्त गरेको र अमेरिकाले आतङ्कवादविरुद्धको लडाईका साथ दिने प्रतिवद्धता समेत प्रकट गरेको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको थियो। 

कायरोको हेल्वान जिल्लामा रहेको मार मिना चर्चमा आक्रमण भएको यस आक्रमणमा परी एक प्रहरी अधिकारी, एक आतङ्ककारी र आठ क्रिस्चियनको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

इजिप्टका स्वास्थ्य मन्त्रीले मृत्यु हुनेहरूको सङ्ख्या दश पुगेको बताउनुभएको छ। उनले अरू पाँच जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको थप जानकारी दिएका छन् । 

चर्चलाई नै लक्षित गरेर विस्फोटन गर्न लागिएको दुई वटा डिस्पोजल टोलीले निश्क्रिय बनाएको पनि समाचारमा उल्लेख गरिएको छ। 

मार मिना चर्चमा अर्को हप्ता हुने नयाँ बर्षको उपक्षय हुने कार्यक्रमको तयारी लागेका क्रिस्चियन समूदायलक्षित आक्रमण भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । 

प्रकाशित: १५ पुस २०७४ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App