१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा सडक दुर्घटनामा सातको मृत्यु

नयाँ दिल्ली - पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले बताएकाे छ ।


सो राज्यको नासिक जिल्लाको सिम्ली गाउँमा मलेयाआन सताना सडकमा एक अटोरिक्सालाई ट्रकले ठक्कर दिदाँ रिक्सामा रहेका यात्रुकाे मृत्यु भएकाे हाे ।

अटोरिक्सामा रहेका सबैजना अर्थात चालकसहित सात व्यक्तिको मृत्यु भएको प्रहरीले बताएकाे छ ।

यात्रुहरु  दुर्घटनास्थलबाट करिब ५० किलोमिटर टाढा रहेको एक मेलामा जान लागेका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार उच्च गतिमा रहेको ट्रकले क्षमता भन्दाबढी सङ्ख्यामा रहेको अटोरिक्सालाई ठक्कर दिएपछि चालकले नियन्त्रण गुमाएका थिए ।


भारतमा विश्वका अन्य देशहरुको तुलनामा सडक दुर्घटना बढी हुने गरेको पाइन्छ । सडक मर्मत सम्भारको कमी र चालकको लापरवाही लगायतका कारणले यहाँ बढी नै दुर्घटना हुने गरेको बताइन्छ । रासस

प्रकाशित: १३ पुस २०७४ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App