१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन तलाक विधेयक भारतीय लोक सभामा बिहीबार पेश

नयाँ दिल्ली – भारतमा तीन तलाक विधेयक बिहीबार लोक सभामा पेश गरिएको छ ।

भारतीय जनता पाटीको बैठकले तीन तलाक विधेयक मुस्लिम महिलाहरूको पक्षमा रहेको बताउँदै उक्त विधेयकलाई बिहीबार लोक सभामा पेश गरेको हो ।

उक्त विधेयक मुस्लिम महिलाहरूको सम्मान, तथा सुरक्षाको पक्षमा रहेको भारतीय संसदीय पाटीको बैठकको दाबी थियो ।

भारतका कानुनमन्त्री रवि शंकर प्रसादले तीन तलाक कानुनबारे जानकारी भाजपाका सदस्यहरूलाई दिएका थिए ।

भारतको सर्वाेच्च अदालतले गत भदौमा विवाहकै समयमा तीन तलाक नियम मान्य नहुने घोषणा गरेको थियो । त्यस भन्दा अगाडी तीन तलाकलाई भारतको मुस्लिम सम्प्रदायले  वैद्यानिक कानुनको रूपमा मान्यता दिने गरेका थिए ।

 

प्रकाशित: १३ पुस २०७४ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App