१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण भारतमा डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु

नयाँ दिल्ली – दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको छ। 

यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। 

मलापुराम जिल्लाको पोननानी कोले इलाका नजिकै रहेको जलक्षेत्रमा मङ्गलबार उक्त डुङ्गा दुर्घटना भएको जनाइएको छ। 

सो इलाका केरला प्रान्तको प्रान्तीय राजधानीबाट ३५९ किलोमिटर उत्तरमा रहेको जनाइएको छ। 

मङ्गलबार साँझ नौ जना व्यक्ति लिएर गएको सो डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु भएको र अन्य तीन जनालाई उद्धार गरिएको मलापपुरामका प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन्। 

घाइतेलाई अस्पताल भर्ना गरिएको जनाइएको छ। विदा मनाउनको लागि आफन्तको घरमा जान लागेका ती बालबालिका दुर्घटनामा परेका हुन्। 

दुर्घटनामा ज्यान गुमाएकामा चारजना बालक र दुई बालिका रहेका जनाइएको छ। स्थानीय सरकारले यस दुर्घटनाको अनुसन्धान सुरु गर्न आदेश दिएको छ। 

भारतमा क्षमताभन्दा बढी व्यक्ति सवार भएर डुङ्गामा यात्रा गर्ने गरिएका कारण बारम्बार यस्ता दुर्घटना हुने गरेको पाइन्छ। 

गत महिना मात्र पनि आन्ध्र प्रदेशमा भएको यस्तै डुङ्गा दुर्घटनामा परी १९ व्यक्तिको मृत्यु भएको थियो। 

प्रकाशित: १२ पुस २०७४ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App