१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पशु स्वास्थ्य शिविर सञ्चालन

महोत्तरी – बाढी प्रभावित क्षेत्रहरुमा पशुहरुमा रोगको प्रकोप बढी देखिएको मटिहानी नगरपालिका–३ आवरमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डलको पहलमा बाढी प्रभावित मटिहानी नगरपालिको वडा नम्बर –३ आवरमा एक दिने नगरस्तरिय पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १० जना पशु चिकित्सकको टोलीले मटिहानी नगरपालिका क्षेत्रका पाँच सय हाराहारीको पशुको स्वास्थ्य उपचार र निशुल्क औषधी वितरण गरिएका थिए ।

सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासको आयोजनामा सञ्चालन शिविरमा आन्तरिक परिजीवि , पाहिरी परिजीवि , पुच्छर कुहिने , झाडापखाला , बाँझोपन र गर्भधारण परिक्षणमा सम्स्या देखिएका गाई, भैसी, खसी बाख्रा लगायत पशुहरुको निशुल्क उपचार गरिएको पशु सेवा शाखा मटिहानीका राम पवित्र दासले बताए ।

प्रकाशित: १२ पुस २०७४ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App