१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

रियो दि जेनेरियो –रियो ओलम्पिक २०१६ मा २ स्वर्ण र एक रजत पदकसहित अस्ट्रेलिया पदक तालिकामा शीर्ष स्थानमा रहँदा भियतनामले ओलम्पिक इतिहासकै पहिलो स्वर्ण जितेको छ।  भियतनामका भिन छावाङ होङले पुरुष १० मिटर एयर राइफलमा स्वर्ण जितेका हुन्।

अस्ट्रेलियाका होर्थन मार्कले पुरुष ४ सय मिटर फ्रि–स्टाइलमा एक स्वर्ण जित्दा महिला ४ सय मिटर फ्रि–स्टाइल रिलेमा थप एक स्वर्ण जित्यो। त्यस्तै पुरुष आर्चरीमा एक रजत जित्यो। हंगेरी दुई स्वर्णसहित दोस्रो स्थानमा रहँदा अमेरिका १ स्वर्ण , ४ कास्य पदकसहित पदक ताकिकाको तेस्रो स्थानमा छ ।

रियो ओलम्पिकमा हाल सम्म अर्जेन्टिना, जपान, भियतनाम, बेल्जियम, थाइल्याण्ड, रसियाले समान एक एक स्वर्ण जितेका छन्। यता चीन भने २ रजत र ३ कास्य पदक सहित पदक ताकिकाको ११ औं स्थानमा रहेको छ।

 

प्रकाशित: २३ श्रावण २०७३ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App