१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पर्सा ३ मा फोरम नेपालका रौनियार निर्वाचित

 वीरगन्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार हरिनारायण प्रसाद रौनियार निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीलाई १ हजार ३ सय ५९ मतको अन्तरले पराजित गरेका छन्। 

पर्सा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका चौधरीले १३ हजार ८ सय १ मत ल्याएका छन्। त्यस्तै वाम गठबन्धनका संयुक्त उम्मेदवार नेकपा एमालेका पूर्व सांसद राजकुमार गुप्ताले १० हजार ९ सय ८६ मत प्राप्त गरेका छन्। 


यस मतपरिणाम अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ संगै ३ मा पनि फोरम नेपालले कब्जा जमाएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा पनि फोरम राजपा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजपाका वरिष्ठ नेता लक्षमणलाल कर्णले ४ हजार भन्दा बढी मतले अग्रता लिरहेका छन् । पर्सा १ बाट फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव र २ बाट सोही पार्टीका वरिष्ठ नेता विमल प्रसाद श्रीवास्तव विजयी भएका छन्।

प्रकाशित: २५ मंसिर २०७४ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App