१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम

सिन्धुपाल्चोक- चौवीस घण्टादेखि जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना झण्डै ५० प्रतिशत सम्पन्न हुन लाग्दा बाम गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।

            प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले स्पष्ट ४ हजार मतको अग्रता लिएका छन् । सुरुदेखि नै पछ्याइरहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेतले एक पटक पनि उनलाई भेट्न सकेका छैनन् ।

            सापकोटाले १८ हजार ८ सय ५८ मत र बस्नेतले १४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् । सापकोटा पूर्वसूचना तथा सञ्चारमन्त्री हुन भने बर्तमान सरकारमा सोही हैसियतमा रहेका बस्नेत प्रवक्तासमेत छन् । मध्याह्नसम्म रहेको ५ हजार मतको अग्रता घटाएर बस्नेतले ३ हजार झारेका थिए । अपराह्नदेखि भने सापकोटाले अग्रता बढाइरहेका छन् ।

            यो क्षेत्रमा ३७ हजार ४ सय ९४ मतगणना भएको छ । यो कुल खसेको मतको ४७ प्रतिशत हो । यहाँ ७८ हजार ७ सय ४९ मत खसेको छ ।

            प्रतिनिधिसभा क्षेत्र नं. २ को मतगणनामा बाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तीव्र प्रतिस्पर्धा देखिए पनि एमालेका शेरबहादुर तामाङले मतान्तर बढाउँदै लगेका छन् । उनले २ हजार ८ सयभन्दा बढी मतको अग्रता बनाएका छन् । तामाङले १८ हजार ४ सय ४३ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाले १५ हजार ६ सय २२ मत पाएका छन् ।

            बिहीबार रातभरिजसो उनीहरु बीच को अघि बढ्ने भन्नेमा तीव्र प्रतिस्पर्धा देखिए पनि शुक्रबार बिहानदेखि तामाङले लगातार मतान्तर बढाइ रहेका छन् । अहिलेसम्म यो क्षेत्रमा ३८ हजार ४ सय ९९ सय मतगणना भएको छ । यो कुल खसेको मतको ४८ प्रतिशतभन्दा बढी हो । यहाँ ७७ हजार ९ सय ९७ मत खसेको थियो।

 

 

प्रकाशित: २२ मंसिर २०७४ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App