१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा मतगणना स्थल बढाइयो

सिन्धुालचोक– तोकिएको समयभित्र मतगणना नसकिने भएपछि सिन्धुपाल्चोकमा गणनास्थल बढाइएको छ । बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्यको मतगणना २४ देखि ३० घण्टाभित्र सक्ने गरी बिहीबार पाँच बजेबाट मतगणना थालेको थियो । दुईटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको एक÷एक स्थानबाट मतगणना हुँदै आएकोमा अहिले एक÷एक गणनास्थल थपिएको हो ।
    ‘मतगणना तीव्र भए पनि निर्धारित समयभित्र अन्तिम नतिजा सार्वजनिक गर्न मुश्किल देखिएकाले गणनास्थल बढाइएको हो,’ मुख्य निर्वाचन अधिकृत दीपक खनालले नागरिकन्यूजसँग भने । जिल्लामा १ लाख ५६ हजार ७ सय ४६ मत खसेको छ ।
    निर्वाचन क्षेत्र नं. १ मा ७८ हजार ७ सय ४९ र क्षेत्र नं. २ मा ७७ हजार ९ सय ९७ मत खसेको छ । मतगणना थालेको १७ घण्टा बितिसक्दा क्षेत्र नं. १ मा २१ हजार ३ सय ४७ र क्षेत्र नं. २ मा २१ हजार ८ सय ३१ मत मात्र गणना भएको छ । गणनास्थल थपिएपछि नतिजा समयमै आउन सक्ने खनालले बताए ।
  

प्रकाशित: २२ मंसिर २०७४ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App