१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

१७ हजार गन्दा एक हजार बदर मत

सिन्धुपाल्चोक– प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षा बिपरित धेरै मत बदर भेटिएको छ । यसले मतगणनामा उम्मेदवारबीच भइरहेको तीव्र प्रतिस्पर्धा अझै पेचिलो र कसिलो बनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा हालसम्म १७ हजार ६ सय ४ मतगणना भएकोमा १ हजार १ सय १४ मत बदर भएको छ । त्यस्तै क्षेत्र नं. २ मा १७ हजार ७ सय ३४ मतगणना भएकोमा १ हजार २ सय ७३ मत बदर भएको छ ।

मतगणनाको क्रममा सबैभन्दा बढी एउटै मतपत्रमा दुई वा सोभन्दा बढी चिह्नमा स्वस्तिक छाप लगाइएकाले बदर भएको पाइएको छ । एउटै मतपत्रमा पाँचवटासम्म स्वस्तिक छाप लगाइएको भेटियो । धेरै मतदाताले लोक र बाम गठबन्धनका दुबै चुनाव चिह्नमा छाप लगाएको गणनाको क्रममा फेला परेको छ ।

कतिपय मतदाताले औँठा छाप लगाएर मतपत्र बदर गरेका छन् । पूरै स्वस्तिक छाप नलागेर, छाप तलमाथि वा दायाँवायाँ परेर बदर हुने मतपत्र संख्या भने निकै कम छ । कम चिह्नका छोटो र छरितो मतपत्रका कारण यो पटक निकै कम मत बदर हुने सबैको अपेक्षा थियो । तर बदर मतको प्रवृत्तिले त्यस्तो देखाएन ।

प्रकाशित: २२ मंसिर २०७४ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App