१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ : राष्ट्रपति फिङ

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन्। 

तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नुपर्ने उनले बताए। 

बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युम्यान राइट्स फोरुम’ को उदघाटन सत्रमा दिनुभएको शुभकामना सन्देशमा उनले सो आग्रह गरेका हुन्। 

सो अवसरमा राष्ट्रपति सिले यस फोरमले विकासशील देशहरुमा मानवअधिकारको संरक्षणका क्षेत्रमा गरेको प्रयासका लागि हार्दिक बधाई दिएका छन्। 

उक्त सन्देशमा उनले राष्ट्रको विशिष्ठ अवस्था र जनताको चाहना एवम् आवश्यकता अनुसार मानवअधिकारको संरक्षण र प्रवर्धन हुने धारणा पनि राखे। 

प्रकाशित: २१ मंसिर २०७४ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App