१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्याम्पियन्स लिगमा आज समूह ‘इ’देखि ‘एच’सम्मका ८ खेल हुँदै

लिभरपुल- च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति समूह ‘इ’देखि ‘एच’सम्मका बाँकी ८ खेलहरु हुँदैछन्। प्रतियोगितामा इङ्लिस क्लव लिभरपुलले रसियाको स्पार्टा मस्को,युक्रेनको सख्तर डोनेक्टसले इङ्लिस क्लव, म्यानचेष्टर सिटि, ला लिगा टोली रियल मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्ड, र इङ्लिस क्लव टोटनह्याम हट्सपरले साइप्रसको अपोईल निकोसियाको सामना गर्नेछ।

त्यस्तै स्लोभेनियाको एन.के मरिबोरले ला लिगा टोली सेभिल्ला, नेदरल्याण्ड्सको फेयनुर्डले इटालियन क्लज नापोली,पोर्चुगलको एफसी पोर्टोले फ्रान्सको मोनाको र जर्मनीको आरबी लेप्जिगले टर्कीको बेसिक्ताससँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा समूह ‘इ’ मा लिभरपुल ११ अंकका साथ शीर्ष स्थानमा छ। लिभरपुललाई समूह विजेता बन्न आजको खेलमा जित आवश्यक  छ। त्यस्तै समूह ’एफ’ मा म्यानचेष्टर सिटि १५ अंकका साथ शीर्ष स्थानमा छ। सिटि यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ।

यता समूह ‘जी’ मा बेसिक्तास ११ अंकका साथ शीर्ष स्थानमा कायम छ। बेसिक्तास पनि अन्तिम १६ मा प्रवेश गरिसकेको छ । त्यस्तै समूह ‘एच’ मा टोटनह्याम १३  अंकका साथ शिर्ष स्थानमा छ ।  यहि समूहबाट डिफेन्डिङ् च्याम्पियन रियल मड्रिड दोश्रो स्थानमा रहेको छ । उसको १० अंक छ ।  यद्यपी यी दुवै टोली अघिल्लो चरणमा प्रवेश गरिसकेका छन। खेल नेपाली समयअनुसार बुधबार राति साढे १ बाट सुरु हुनेछ।

प्रकाशित: २० मंसिर २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App