१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बेनेभेन्टोको खराब कीर्तिमान

मिलान– बेनेभेन्टोका लागि इटालियन सिरी ‘ए’ को सिजन सुरुआत निकै खराब भइरहेको थियो । त्यसमा सोमबार एट्लान्टासँग १–० को नतिजामा पराजित भएपछि त्यो झनै खराब बनेको छ। 

सोमबारको हारपछि टोलीको नामसँगै इतिहासकै सबभन्दा असफल सुरुआतको खराब कीर्तिमान जोडिएको छ । बेनेभेन्टोले जारी सिजनको लिगमा लगातार भोगेको यो १४औं हार हो । १४ खेलको समाप्तिमा टोलीले अहिलेसम्म अंकतालिकामा कुनै अंक जोड्न सकेको छैन । यस्तो खराब सुरुआत अहिलेसम्म युरोपका कुनै पनि ठूलो लिगमा कुनै टोलीले गरेका छैनन्। 

घरेलु मैदानमा समय सकिन १५ मिनेट बाँकी रहँदा ब्रायन क्रिस्टान्सले गरेको एउटै गोल एट्लान्टाको जितमा पर्याप्त भयो । जितपछि एट्लान्टा १९ अंकका साथ १०औं स्थानमा उक्लिएको छ भने पुछारको बेनेभेन्टोको पहिलो अंक जोड्ने प्रतीक्षा अझै लम्बियो । शीर्ष डिभिजनमा पहिलो अंक जोड्ने लक्ष्यका साथ सोमबार निकै जुझारु प्रदर्शन गरे पनि टोलीको प्रयास सफल भएन।

सोमबारको हारपछि बेनेभेन्टोले यसअघि म्यानचेस्टर युनाइटेडको नाममा रहेको लगातार पहिलो १२ खेलमा पराजित हुने खराब कीर्तिमानलाई दुई खेलले पछि पा¥यो । इङ्लिस फुटबलको महारथी युनाइटेडले ८७ वर्षअगाडि यस्तो खराब प्रदर्शन गरेको थियो। 

बेनेभेन्टोका मालिक ओरेस्टे भिगोरिटोले अर्को एउटा खेलमा उत्कृष्ट प्रदर्शनका बावजुद साँघुरो अन्तरमा पराजित भएपछि भाग्यलाई दोष दिए । ‘हामीले लगातार राम्रो फुटबल खेलिरहेका छौं । तर सधै साँघुरो अन्तरमा पराजित भइरहेका छौं । यसलाई भाग्यले साथ नदिएको नै भन्नुपर्छ,’ भिगोरिटोले भने, ‘आज पनि हामीले अवे मैदानमा अन्तिम समयसम्म पनि विपक्षीलाई दबाबमा राखेका थियौं । आफूले पाएका अवसर उपयोग गर्न सकेनौं । तर दुर्भाग्यजनक रूपमा गोल खाएर फेरि एक पटक हामी अंकविहीन भयौं।’

मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा बेनेभेन्टोका स्ट्राइकर सामुइल आर्मेन्टेरोसले एउटा सुनौलो मौका पाए पनि उपयोग गर्न सकेनन् । लोरेन्जो भेनुटीको उत्कृष्ट क्रसलाई कसैको निगरानीमा नरहेका आर्मेन्टेरोसले फितलो हेड गरे। 
एट्लान्टाको लागि विजयी गोल गरेका क्रिस्टान्सले सोमबारको खेल अपेक्षा गरेभन्दा निकै कठिन भएको बताए।

उनीहरूले अहिलेसम्म एउटै अंक जोड्न सकेका छैनन् । उनीहरू पहिलो जितको पर्खाइमा भएकाले खतरनाक रूपमा प्रस्तुत हुन्छन भन्ने हामीले अनुमान गरेका थियौं । तर आज हामीले सोचेभन्दा पनि बढी प्रतिबद्ध रूपमा उनीहरू प्रस्तुत भए । जसले गर्दा गाह्रो भयो,’ क्रिस्टान्सले भने, ‘तथापि तीन अंक लिएकोमा हामी सन्तुष्ट छौं ।’

स्पान्योल विजयी
स्पानयोल– स्पेनिस ला लिगा अंकतालिकाको मध्यक्रमका दुई टोलीबीचको भिडन्तमा सोमबार स्पान्योलले गेटाफेमाथि १–० को सफलता हासिल गरेको छ । 

प्रकाशित: १३ मंसिर २०७४ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App