१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रसुवामा ८३.५ प्रतिशत मतदान

रसुवा- आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा ८३.५ प्रतिशत भन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको सबै ठाउँको जानकारी आइनसकेको र केही स्थानमा मतदान जारी रहेकाले त्यो भन्दा बढी मत खस्ने अनुमान गरिएको छ।

चिसो मौसमका कारण मतदान ढिलो सुरु भएको र मतदाता सङ्ख्या धेरै रहेको स्थानमा मतदान भैरहेको हो। जिल्लाको उत्तरगया गाउँपालिकास्थित ठूलोगाउँमा डेड सय मतदाता लाइनमा बसिरहेका छन्।

जिल्लाको चार ओटा मतदान केन्द्रमा मतदान प्रक्रिया जारी रहेको बताइएको छ । अहिलेको समयमा करिब दुई सय ५० मतदाता लाइनमा बसिरहेका छन्।

लाङटाङबाट मतपेटिका भोलि ल्याइने

लाङटाङको मुण्डुपबाट भोलि बिहान १० बजेसम्ममा मतपेटिका ल्याइने भएको छ । अन्य क्षेत्रको मतपेटिका आज रातिसम्ममा ल्याउन लागिएको र टाढा दुरीमा रहेको लाङटाङबाट भने आज ल्याउन नसकिने बताइएको छ ।

सदरमुकाम धुन्चेबाट दुई दिनको पैदलयात्रा गरेपछि मात्र पुगिने लाङटाङमा भोलि बिहान हेलिकप्टर मार्फत मतपेटिका ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।

४५ ओटा मतदान केन्द्रमध्ये ४४ ओटा मतदान केन्द्रको मतपेटिका आज नै सदरमुकाम ल्याइने तथा सदरमुकामबाट नजिक रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन सुरु गरिसकिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा हुने २३ जना चुनावी मैदानमा उत्रिएका छन् । एउटा प्रतिनिधिसभा र दुई ओटा प्रदेशसभा रहेको जिल्लामा ३२ हजार तीन सय २३ मतदाता रहेका छन्।

प्रकाशित: १० मंसिर २०७४ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App