१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रसुवामा उत्साहजन रुपमा मतदान

रसुवा— प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवाका उत्साहजनक रुपमा मतदान भइरहेको छ। प्रतिनिधि सभा सदस्य एक र प्रदेश सभा सदस्य दुई प्रतिनिधि चुन्न भइरहेको निर्वाचनमा जिल्लाको ४५ वटै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो।

बिहान चिसोका कारण उपल्लो क्षेत्रका मतदान केन्द्रमा मतदाताको उपस्थिति न्युन रहे पनि मौसम न्यानो हुँदै  मतदान केन्द्रमा मतदाताको चाप बढेको छ।

अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । मतदाताले भयरहित वातावरणमा मतदान गर्ने अवस्था सृजना गर्न एक हजार पाँच सय सुरक्षाकर्मी खटाइएको उनले बताए। ‘मतदाता, कर्मचारी र निर्वाचन सामग्रीको सुरक्षाको लागि पेट्रोलिङ र मोबाइल गस्ती बढाइएको छ’, उनले भने।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सहज र भयरहित वातावरणमा मतदान भैरहेको छ। कति मत खस्यो भन्ने बारेमा तथ्याङ्क संकलन निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा ३२ हजार तीन सय २३ मतदाताले मतदान गर्दैछन्। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनसहित २३ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित: १० मंसिर २०७४ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App