१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यसरी बन्दैछन् मतदान केन्द्र (फोटो फिचर)

सिन्धुपाल्चोक-  निर्वाचन गराउन दुई दिनअघि नै गाउँ पुगेका कर्मचारी मतदान केन्द्र निर्माणमा व्यस्त भएका भएका छन्। केन्द्रमा घेराबार गाउने कार्यमा उनीहरुलाई सुरक्षाकर्मीले सघाइ रहेका छन् ।

                तीन मतपेटिकामा तीन  पटक मतदान गर्नुपर्ने हुँदा निर्वाचन आयोगले तोकेको ढाँचामा केन्द्रलाई व्यवस्थित गर्न उनीहरु जुटेका छन् । शुक्रबार र शनिबार कर्मचारीहरुले मतदाता परिचयपत्र बितरण गरे । सर्वदलीय बैठक राखेर उनीहरु निर्वाचनपूर्वको अन्तिम तयारी जुटिरहेका हुन् ।

                प्रमुख निर्वाचन अधिकृत दीपक खनालले मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको छ । ‘साँझसम्म सबै केन्द्रमा निर्वाचनपूर्वको सम्पूर्ण तयारी सकिन्छ,’ उनले नागरिकन्यूजसँग भने । सिन्धुपाल्चोकमा २ सय ८५ मतदान केन्द्र छन् । बिनासकारी भूकम्पले विद्यालय, गाविस भवन लगायत सार्वजनिक भवन भत्काएकाले यो पटक पनि जस्ताले बनेका टहरोमा मतदान हुँदैछ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App