१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

झडपका घटना बढेपछि प्रमुख आयुक्त यादब रसुवामा

प्रमुख अायुक्त अयोधीप्रसाद यादबलाई स्वागत गर्दै सहायक प्रजिअ स्मीता पाैडेल। तस्विरः हिमनाथ

रसुवा— निर्वाचनको पूर्वसन्ध्यामा झडपका घटना बढेपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले रसुवा जिल्लाको  सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार सदरमुकाम धुन्चे आएका यादवले सुरक्षा अंगहरुलाई चुस्त राख्दै निष्पक्ष निर्वाचन गराउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

सेनाको हेलिकोप्टरबाट आएका प्रमुख आयुक्त यादबलाई सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले निर्वाचन सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेकी थिइन्। जवाफमा प्रमुख आयुक्त यादबले सुरक्षा संयन्त्रलाई चुस्त राख्न र बुथमा दलगत पक्षधरता नदेखाई निष्पक्ष ढंगले निर्वाचन गराउन निर्देशन दिएका थिए।

‘समग्र जिल्लाको सुरक्षा रणनीति र निर्वाचन सुरक्षा रणनीतिबारे ब्रिफिङ गर्ने काम भयो’, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकन्युजसँग भनिन्, ‘जवाफमा प्रमुख आयुक्तज्यूले सुरक्षा संयन्त्रलाई नियन्त्रणमा लिएर निष्पक्ष निर्वाचन गराउन निर्देशन दिनुभयो।’

‘समग्र जिल्लाको सुरक्षा रणनीति र निर्वाचन सुरक्षा रणनीतिबारे ब्रिफिङ गर्ने काम भयो’, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकन्युजसँग भनिन्, ‘जवाफमा प्रमुख आयुक्तज्यूले सुरक्षा संयन्त्रलाई नियन्त्रणमा लिएर निष्पक्ष निर्वाचन गराउन निर्देशन दिनुभयो।’ सो अवसरमा प्रमुख आयुक्त यादबले बाहिरी जिल्लाबाट आएका मान्छेहरुमाथि निगरानी बढाउन समेत निर्देशन दिएका थिए।

मौन अवधि तथा निर्वाचन अवधिमा आचारसंहिता विपरित कार्य गर्ने दलका नेता कार्यकर्तालाई तत्काल कारवाही दायरामा ल्याउन उनले निर्देशन दिएका थिए। प्रमुख निर्वाचन आयुक्त यादब धुन्चे आइपुग्दा प्रमुख जिल्ला अधिकारीसहितकाे टाेली  बिहीबार राति दुई पक्षबीच झडप भएको चिउरीबोटको स्थलगत निरीक्षणमा थियाे।

बिहीबार राति कालिका गाउँपालिका चिउरीबोटमा नयाँ शक्ति र एमाले कार्यकर्ताबीच झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको थियो।

पछिल्लो एक हप्तामा जिल्लाको ग्रे, बृद्धिम, कालिकास्थान, राम्चे, स्याफ्रुलगायतका स्थानमा चुनाबी अभियानमा झडप भएका छन्। पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा मोटरसाइकल पार्किङ गर्ने क्रममा लोकतान्त्रिक र बाम गठबन्धनको कार्यकर्ताबीच झडप हुँदा तीन ओटा बाइक जलाइएको थियो। गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुमा एमाले रसुवाका अध्यक्ष तथा प्रदेशसभा १ का उम्मेदवार कर्णेल लामाको घरमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका घटना सार्वजनिक भएको सन्दर्भमा सुरक्षा अवस्था बुझ्न प्रमुख आयुक्त यादबको टोली आएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि सबै सुरक्षा संयन्त्रलाई चुस्त पारिएको जानकारी दिइन्। ‘निर्वाचन कर्मचारी र मतदान सामग्री सम्बन्धित बुथमा पुगिसकेका छन्’, सहायक प्रजिअ पौडेलले भनिन्, ‘मतदातालाई भयरहित अवस्थामा मतदान गर्ने वातावरण तयार पार्न हामीले सबै संयन्त्रलाई चुस्त बनाइसकेका छौं। कसैले डराउनु पर्ने अवस्था छैन।’

रसुवामा पहिलो चरण अन्तर्गत मंसिर १० गते आइतबार निर्वाचन हुँदैछ। जिल्लामा ३४ मतदानस्थल र ४५ ओटा मतदान केन्द्र छन्। सबै केन्द्रहरुका लागि मतदान सामग्री तथा निर्वाचन कर्मचारी खटाइसकेका छन्।

प्रकाशित: ८ मंसिर २०७४ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App