१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लण्डनमा छुरा प्रहार गरी एक युवकद्वारा १ को हत्या, पाँच घाइते

लण्डन– सेन्ट्रल लण्डनको रुसेल स्क्वायरमा एक युवकले अन्नाधुन्द छुरा चलाउदाँ एक महिलाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

लण्डनका अधिकारीहरुले घटनामा संलग्न युवकलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भैरहेको बताएका छन्। सुरक्षा अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाको प्रमुख कारण युवकको मानसिक सन्तुलन ठिक नभएको देखिएको बताएका छन्।

साथै उनीहरुले उक्त युवक कुनै आतंकबादी समूहसँग आवद्ध भए नभएको बारे थप अनुसन्धान भैरहेको जनाएका छन्।

घटनापछि सेन्ट्रल लण्डनको सुरक्षा अवस्था कडा बनाइएको छ।

 

प्रकाशित: २० श्रावण २०७३ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App