२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

लुलियाको अर्काे खुट्किलो

बलिउड अभिनेता सलमान खानकी प्रेमिका लुलिया वन्तुर अर्को खुट्किलो उक्लिएकी छिन् । करिअरको  नभई उमेरको अर्को खुड्किलो उनले पार गरेकी हुन् ।

गत साता उनले ३६ औँ जन्मदिन मनाइन् । जन्मदिनमा सलमान पनि उपस्थित थिए । यी दुईबीच प्रेम रहेको चर्चा लामो समयदेखि चल्दै आएकोमा केही समययता यही वर्ष उनीहरूबीच लगनगाँठो कसिने तय भएको चर्चासमेत चल्न थालेको छ । यद्यपि, दुवैले यसबारे केही बताएका छैनन् । लुलियाको जन्मदिनमा सलमानले के उपहार दिए भन्नेबारे केही थाहा नभएको भारतीय अनलाइनहरूले जनाएका छन् ।

कुनै समय टेलिभिजन कार्यक्रम प्रस्तुत गर्ने लुलियाको यसअघि नै विवाह भइसकेको छ । रोमका एक संगीतकारसँग विवाह गरेको केही वर्षपछि उनी अलग भएकी थिइन् । यही अवधिमा सलमानसँग चिनापर्ची भएपछि उनीहरू नजिकिन पुगेका थिए ।

शुक्रबारबाट

प्रकाशित: २० श्रावण २०७३ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App