१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मतदाता शिक्षा प्रभावकारी बनाउन सडक नाटक

रसुवा – निर्वाचन आउन ५ दिन बाँकी रहँदा रसुवामा निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । 
बदर मत कम गर्न र निर्वाचन सम्बन्धी जानकारी दिनका लागि गुरुकुल नाट्य समूह नुवाकोटका कलाकारले सडक नाटक देखाएका हुन् । जिल्ला निर्वाचन कार्यालय रसुवाको संयोजनमा सदरमुकाम धुन्चेमा सडक नाटक देखाइएको आयोजकले जनाएको छ । 

मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि नाटकबाट चाँढै सिक्ने भएकाले नाटक प्रस्तुत गरिएको जिल्ला निर्वाचन अधिकारी नबिन खालिङले बताए। 

जिल्लामा निर्वाचनमा सहभागी हुने लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन तथा मतदाता शिक्षा कार्यकर्ताले आ–आफ्नै तरिकाले मतदाता शिक्षा पुर्‍याएका भएपनि नाटकको माध्यमबाट जानकारी गराइएको नाट्य संयोजक दामोदर खतिवडाले बताए। 

नाटकमा मतदान प्रक्रियामा प्रयोग गरिने स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने र खसाउने  तरिकाको बारेमा कलाकारले प्रस्तुति देखाएका थिए। 

चुनावको मिति, चुनावको महत्व, मतपत्रका प्रकार र स्वरुप, मतदान गर्ने तरिका, मतपत्र पट्याउने तरिका तथा मतपेटिकामा खसाल्ने लगायतको जानकारी नाटक मार्फत मतदातालाई पुर्‍याएका छन्। 

स्थानीय तहको निर्वाचनमा बदर मत सङ्ख्या बढेको र यो निर्वाचनमा बदर मत घटाउनका लागि सडक नाटक प्रदर्शन, नमुना मतदान र निर्वाचन शिक्षा कार्यकर्ता मार्फत मतदातालाई जानकारी गराउने कार्य भइरहेको कार्यालयले जनाएको छ। 

प्रकाशित: ६ मंसिर २०७४ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App