१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘नो भोट’ पक्षमा तिङ्लाबासी (भिडियो)

मतदान बहिस्कार गर्न गत शनिबार सिंहकाली माविमा अायोजित कार्यक्रमका सहभागी। तस्विरः राधा

सोलुखुम्बु— सोलुखुम्बुको तिङ्लाबासी आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुने भएका छन्। राज्य पुनः संरचनाको क्रममा साविकको तिङ्ला गाविसलाई नेचा–सल्यान गाउँपालिकामा समावेश गर्ने निर्णयविरुद्ध उनीहरु आक्रोशित भएका हुन्।

तिङ्लाबासीले मतदान बहिस्कार गरेको यो पहिलो पटक होइन। यसअघि भएको स्थानीय निर्वाचनमा पनि तिङ्लाबासी मतदानमा सहभागी भएनन्। २ हजार ५७५ मतदाता भएको सिंगै गाउँ निर्वाचन प्रक्रियामा सहभागी नहुँदा अहिले त्यो क्षेत्रबाट कोही पनि जनप्रतिनिधि छैनन्।

तिङ्लाबासीले सोलु–दुधकुण्ड नगरपालिकामा मिसिने माग पूरा हुनुपर्ने उनीहरुको माग छ।

नेचा–सल्यान गाउँपालिका अहिले तिङ्लाको भूभाग छुट्टिएर गए आपत्ति नहुने बताउँदै आएको छ। स्थानीयले माग गरे झैँ तिंगालाको भूभाग आफूमा मिसाउन सोलु–दुधकुण्ड नगरपालिका तयार छ। तर तिङ्लाबासीको माग सरकारले पुनःविचार गरेन। राजनीतिक दलहरुले उनीहरुको माग उठाउने तत्परता देखाएनन्। त्यही भएर मतदानको समयमा उनीहरु ‘नो भोट’को पक्षमा उभिएका हुन्।

तिङ्लाबासीले मतदान बहिस्कार गरेको यो पहिलो पटक होइन। यसअघि भएको स्थानीय निर्वाचनमा पनि तिङ्लाबासी मतदानमा सहभागी भएनन्। २ हजार ५७५ मतदाता भएको सिंगै गाउँ निर्वाचन प्रक्रियामा सहभागी नहुँदा अहिले त्यो क्षेत्रबाट कोही पनि जनप्रतिनिधि छैनन्।

तिङ्लाका समाजसेवी बाबुकाजी कार्की तिङ्लालीको माग पूरा नभएकाले ‘नो भोट’को पक्षमा उभिनु परेको बताउँछन्। ‘तिङ्लाबासीको माग बेवास्ता गरिएकाले आगामी निर्वाचनमा तिङ्लालीहरुले भाग लिँदैछैनन्। चुनाबमा भाग लिनु हुँदैन भन्ने बहुमतको भनाइ कार्यान्वयन हुन्छ’, उनी भन्छन्।

तिङ्लाको भूभाग सोलु–दूधकुण्ड नगरपालिकामा मिसाउने मागलाई पूरा गर्न उनीहरुले एउटा समिति नै गठन गरेका छन्। ज्ञानबहादुर राई संयोजक रहेको सो समितिले अहिले गाउँमा ‘नो भोट’ अभियान सञ्चालन गरिरहेको छ। ‘नेचा सल्यान गाउँपालिका हामीलाई धेरै टाढा पर्छ। निर्वाचन भन्ने विषय सामान्य कुरा हो’, राज्य पुनःसंरचनाले अन्याय परेको बताउँदै राईले नागरिकन्युजसँग भने।

सोलुखुम्बुमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन अब पाँच दिन मात्र बाँकी छ। अहिलेसम्म यो गाउँमा कोही पनि मत माग्न आएका छैनन्। कसैलाई चुनाबी कार्यक्रम गर्न नदिने उनीहरुको तयारी छ।

भिडियो: राधा ढुंगाना

 

प्रकाशित: ५ मंसिर २०७४ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App