१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोटरसाइकल आगजनी गर्ने ४ जना पक्राउ

रसुवा—निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन्।

जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा वाम गठबन्धनले मोटरसाइकल पार्किङ गर्न लाग्दा विवाद भएपछि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तीन ओटा मोटरसाइकल जलाएका हुन्।

घटनापछि बेबारिसे अवस्थामा छाडिएको ७ वटा मोटरसाइकल र एउटा स्कार्पियो प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक धुब्र सिलवालले बताए।

प्रहरीका अनुसार चुनावी प्रचारको लागि गोल्जुङबाट ठूलोहाकु जाने क्रममा वाम गठबन्धनको झण्डा प्रयोग भएको सवारी साधन पार्किङ गर्न नमिल्ने भनेर अबरोध गरेपछि घटना भएको हो। घटनाबारे अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७४ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App