१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेलकुदमा लगानी बढाउनुपर्छ : गोल्छा

काठमाडौं- हंसराज हुलासचन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले खेलकुदमा सरकार तथा निजी क्षेत्रको लगानी बढाउनुपर्ने बताएका छन्।

पल्सर स्पोर्टस अवार्डको घोषणा सभामा आइतबार गोल्छाले भने, 'नेपालमा अहिले सवै क्षेत्रमा अनुसासनको आवस्यकता छ। खेलकुद भनेको अनुसासनको पर्याय हो। खेलकुदले अन्य क्षेत्रलाई पनि अनुसासित बन्न प्रेरणा दिन्छ। त्यसैले यो क्षेत्रलाई अझ प्रवर्दन गर्न जरुरी छ। खेलकुदमा लगानी अत्यन्तै न्युन छ, सरकार र निजी क्षेत्रले खेलकुदमा लगानी बढाउनुपर्छ।'

खेलकुदमा गरिएको लगानी राष्ट्र निर्माणको आधार बन्ने विचार राख्दै गोल्छाले थपे, 'नेपालमा खेलकुदमात्र एउटा यस्तो क्षेत्र हो, जसले सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाधेको छ।'

साउन ६ गते हुने पल्सर स्पोर्टस अवार्डको १२औं संस्करणका लागि आइतबारै आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र हंसराज हुलासचन्द एन्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौता भएको थियो। पाँच वर्षे सहकार्यको सम्झौतापत्रमा मञ्चका अध्यक्ष महेश आचार्य र पल्सरका तर्फबाट गोल्छाले हस्ताक्षर गरे। हंसराज हुलासचन्द एन्ड कम्पनी पछिल्लो ७ वर्षदेखि अवार्डको मुख्य प्रायोजक हो। मुख्य प्रायोजनवापत मञ्चलाई हंसराज हुलासचन्द एन्ड कम्पनीले १५ लाख रुपैयाँ प्रदान गर्नेछ।

'स्पोर्टस अवार्ड नेपालमा हुनेमध्येको उत्कृष्ट कार्यक्रम हो। यसमा प्रायोजनको मौका पाउँदा हामी खुसी छौं,' गोल्छाले भने, 'आगामी दिनमा पनि मञ्चसँगको सहकार्यलाई हामी निरन्तरता दिनेछौं।'

अवार्डमा गतवर्ष गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष, महिला, लोकप्रिय र युवा खेलाडीसँगै प्रशिक्षक, अपांगा भएका उत्कृष्ट खेलाडी, विशेष पुरस्कार र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा खेलकर्मी पुरस्कृत हुनेछन्। उत्कृष्ट पुरुष, महिला र लोकप्रिय खेलाडीले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

अपांगता भएका उत्कृष्ट खेलाडी, विशेष पुरस्कार र लाइफटाइम एचिभमेन्ट अवार्डवाहेक अन्य विधामा पाँच/पाँच खेलाडीको मनोनयन गरिनेछ। मनोनयन चाढै सार्वजनिक गरिने मञ्चका अध्यक्ष आचार्यले जानकारी गराए।

मञ्चले हरेक वर्ष गर्दै आएको स्पोर्टस अवार्ड गतवर्ष अवरुद्ध भएको थियो। गतवर्ष विनासकारी भुकम्प तथा अघोषित नाकावन्दीका कारण हुन नसकेको कार्यक्रममा जानकारी गराइयो।

प्रकाशित: ६ असार २०७३ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App