ट्रम्पले चीनमा गएर सार्वजनिक गरे नातिनीको भिडियो

शनिबार, २५ कार्तिक २०७४, १३ : ०८ एजेन्सी

बेइजिङ – एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नातिनी अरबिल्या कुश्नरले गाएको  चिनियाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। 

उक्त भिडियो सार्वजनिक भएपछि अरबिल्या कुश्नरले ठूलै चर्चा पाएकी छिन् ।उक्त भिडियो सार्वजनिक भएपछि चिनियाँ राष्ट्रपति सी जिङ पिङले अरबिल्या एक स्टार हुन् भन्दै उनको खुल्ला हृदयले प्रशंसा गरेका थिए। अरबिल्याको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले उनी गायन क्षेत्रमा निपूर्ण रहेको प्रतिक्रिया दिएका थिए। 

चिनियाँ नयाँ वर्षको अवसरका अरविल्याले गाएको उक्त गीतमा नयाँ वर्षको शुभकामना सन्देश दिइएको छ । चिनियाँ भाषामाथि माया तथा सद्भाव देखाउँदै गाएको उक्त गीतबाट पनि अमेरिका र चीनको सम्बन्ध मजबुत रहेको विश्वास राष्ट्रपति ट्रम्पको थियो। 

अरबिल्या ट्रम्पकी कान्छी छोरी इभाका ट्रम्पकी छोरी हुनु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङ पिङबीच गत अप्रिल महिनामा भएको भेटवार्ताका क्रममा ट्रम्पकी नातिनी अरबिल्याले उक्त गीत गाएकी थिइन्। 
ट्रम्पकी छोरी इभाकाले छोरी अरबिल्याले गाएको उक्त गीतको दृश्य ट्वीटरमा  राखिसकेकी थिइन्। 

एघार दिनको एसियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीन सरकारले भव्य स्वागत गर्दै रात्री भोजको आयोजना गरेका थिए। 

उक्त रात्री भोजमा ट्रम्प पत्नी मेलिनिया ट्रम्प चिनियाँ पोशाक गुजी गाउनमा उपस्थित भएकी थिइन् । कुनै पनि देशका राष्ट्रप्रमुखले भव्य स्वागत पाएको यो पहिलो पटक हो। 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad