१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प भियतनाममा

भियतनाम – एशिया भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भियतनाम पुगेपछि एशिया प्यासिफिक इकोनोमिक कर्पाेरेशनको सम्मेलन सुरू भएको छ। 

११ दिनको एसिया भ्रमणको क्रममा राष्ट्रपति ट्रम्प शुक्रबार भियतनाम पुगेका हुन् ।उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङ पिङ रूसी राष्ट्रपति भ्याल्दिमिर पुटिन तथा विश्वका विभिन्न प्रख्यात नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उक्त सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्याल्दिमिर पुटिनसँगको भेटवार्ताको कार्यतालिका नभएको बताएको छ। 

उनीहरूबीच भेटवार्ताको कार्यक्रम भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएकोमा उक्त तथ्यलाई खण्डन गर्दै ह्वाइट हाउसले यस्तो प्रतिक्रिया दिएको हो । सम्मेलनमा सहभागी हुनका लागि रूसी राष्ट्रपति पुटिन भियतनाम आइसकेका छन्। 

बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिङ पिङ र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाबारे छलफल  पश्चात् ट्रम्प भियतनाम प्रस्थान गरेका हुन् । दुई नेताहरू बीचको कुराकानी पश्चात् उत्तर कोरिया समस्या समाधान सम्भव भएको राष्ट्रपति ट्रम्पले बताएका थिए।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति ट्रम्पको भव्य स्वागत गर्दै रात्री भोजको आयोजना गर्ने चिनियाँ सञ्चार माध्यमहरूमा उल्लेख छ। 

बुधबार दक्षिण कोरियाली संसदलाई सम्बोधन गरे पश्चात् उनी चीन आएका थिए  । दक्षिण कोरियाली संसदलाई सम्बोधनका क्रममा ट्रम्पले उत्तर कोरियाप्रति आक्रोश पोख्दै किमको आणविक हतियार परीक्षणको गतिविधिले उसको शासन सत्ता नै ध्वत हुन सक्ने दाबी राष्ट्रपति ट्रम्पले गरेका थिए। 

प्रकाशित: २५ कार्तिक २०७४ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App