१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हस्तिहरूको उम्मेदवारी

वीरगन्ज – प्रतिनिधी सभा र प्रदेश सभाको आसन्न निर्वाचनका लागि पर्सामा बिहीबार दलहरूले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् । बिहानदेखी पर्साको सदरमुकाम वीरगन्जमा विभिन्न पार्टीहरूको झन्डावाला गाडीको ओहोरदोहोर र कार्यकर्ताको भीड उर्लियो । बाजागाजासहित गाउँगाउँबाट आएका विभिन्न पार्टीका नेता, कार्यकर्ता, सर्मथकहरू बेग्लाबेग्लै जुलुससहित नेशनल टे«डिङ प्राङगणमा रहेको प्रमुख अधिकृतको कार्यालयसम्म आइपुगे।

वीरगन्जमा नेपाली कांग्रेस, बाम गठबन्धन र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीको गठबन्धनसहित तीन पक्ष प्रतिस्पर्धी देखिएका छन्।

प्रतिनिधीसभा सदस्यका उम्मेदवार
कांग्रेसबाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा अनिल रुँगटाले उम्मेदवारी दर्ता गराएका छन् । बाम गठबन्धनबाट एमालेका विचारी यादव र मधेशवादीबाट फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय चौरसिया, बाम गठबन्धनबाट माओवादीका मुसलिम मिया र मधेशवादी दलबाट फोरम नेपालका विमल श्रीवास्तवले उम्मेदवारी दिएका छन्।

त्यस्तै क्षेत्र नम्बर ३ बाट कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, बाम गठबन्धनबाट एमालेका राजकुमार गुप्ता र मधेशवादीबाट फोरम नेपालका हरिनारायण रौनियारले उम्मेदवारी दिएका छन् । पर्सा क्षेत्र नम्बर ४ बाट कांग्रेसका रमेश रिजाल, बाम गठबन्धनबाट माओवादीकी उर्मिला अर्याल र मधेशवादीबाट राजपाका लक्षमणलाल कर्णले उम्मेदवारी दिएका छन्।

प्रदेश सभा सदस्यमा
प्रदेश सभाको सदस्यमा क्षेत्र नम्बर १ को एकमा कांग्रेसबाट रामनारायणप्रसाद कुर्मी र दुईबाट विजय सर्राफ रहेका छन् । यस क्षेत्रमा बाम गठबन्धनबाट एकमा माओवादीका रहवर अन्सारी र दुईमा एमालेका शम्भु गुप्ता रहेका छन् । फोरम नेपालका तर्फबाट जन्नत अन्सारी र लालबाबु राउत उम्मेदवार भएका छन्।

क्षेत्र नम्बर २ को एकमा कांग्रेसबाट राजेश्वरप्रसाद तेली दुईबाट रामरूप उम्मेदवार प्रसाद रहेका छन् । बाम गठबनधनबाट एकमा एमालेका रामचन्द्र साह तेली २ मा छोटेलाल पटेल छन् । मधेसवादी दलबाट एकमा राजपाका रमेश पटेल र दुईमा फोरमका रामनरेश यादव रहेका छन्।

पर्सा क्षेत्र नम्बर ३ मा कांग्रेसले एकबाट चन्द्रशेखर पञ्जियार र दुईबाट जनार्दनसिंह क्षेत्रीलाई उम्मेदवार बनाएको छ । बाम गठबन्धनले प्रदेश सभाको एक नम्बरबाट एमालेका नागेन्द्र चौधरी र दुईबाट माओवादीका छोटेलाल यादवलाई उठाएको छ भने मधेशवादी दलले एकबाट मञ्जुर अन्सारी र दुईबाट प्रल्हाद गिरीलाई उठाएको छ।

क्षेत्र नम्बर ४ मा कांग्रेसले एकमा शंकर महतो र दुईमा वशिष्ठनारायण कुर्मीलाई उठाएको छ । बाम गठबनधनले एकबाट जयप्रकाश थारू र दुईबाट शुरेश पटेललाई उम्मेदवार बनाएको छ । मधेशवादी दलका तर्फबाट यस क्षेत्रबाट प्रदेशसभाको एकबाट सिंहासन प्रसाद र दुईबाट रामचन्द्र पडित उम्मेदवार भएका छन्।
 

 

प्रकाशित: १७ कार्तिक २०७४ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App