१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हकिंगको पिएचडी २० लाख पटक हेरियो

लन्डन– प्रोफेसर स्टेफन हकिंगको पिएचडी थेसिस सर्वसाधारणका पहुँचमा राखिएको केही दिनमै २० लाख पटक हेरिएको छ। 

सन् १९६६ मा प्रोफेसर हकिंगले तयार पारेको थेसिस यति सम्म प्रख्यात देखिएको की क्याम्ब्रिज विश्वविद्यालयको वेवसाइटको पब्लिकेशन सेक्सनमा राखिएको दिननै साइट क्रयास हुन पुग्यो । ‘प्रोपर्टिस अफ एक्सपान्डिङ युनिभर्स’ शीर्षक रहेको थेसिसलाई पाँच लाख भन्दा बढीले डाउनलोड गर्न पनि खोजेका छन् । विश्वविद्यालयका डाक्टर आर्थर स्मीथले यो संख्या ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । ‘गत सोमबार बेलायतको स्थानीय समयअनुसार १२ बजेर एक मिनेटमा वेवसाइटमा उक्त थेसिस राखेपछि शनिबारसम्ममा करिब २० लाख मानिसले उक्त थेसिस हेरेका छन् । जसमा आठ लाख भन्दा बढी मानिस नयाँ प्रयोगकर्ता रहेका छन् । उक्त थेसिस विश्वभरबाट हेरिएको छ,’ विश्वविद्यालयले जनाएको छ । 

‘विश्वविद्यालयको एपोलो रेपोसिटरीमा भएको कुनैपनि बस्तुमा भएको यो हालसम्मको सबैभन्दा ठूलो बस्तु हो,’ विश्वविद्यालय विद्वान समाजका उपप्रमुख स्मीथले बताए । क्याम्ब्रिजको ट्रिनिटी हलमा पोस्टग्रयाजुएट विद्यार्थीका रुपमा २४ वर्षे उमेरमा अध्ययन गर्दा प्रोफेसर हकिंगले उक्त १३४ पृष्ठ लामो थेसिस लेखेका थिए । सन् १९६२ देखि क्याम्ब्रिज विश्वविद्यालयमा रहेका खगोलशास्त्री हकिंगले पछि गएर ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लेखेका थिए, जुन आजसम्मको एक महत्वपूर्ण वैज्ञानिक कार्यमध्येमा पर्दछ । हालसम्म सबैभन्दा पढिएको थेसिसलाई सन् २०१७ मा जम्मा सात हजार नौ सय ६० पटक मात्रै डाउनलोड गरिएको छ । 

प्रकाशित: १३ कार्तिक २०७४ ०६:०५ सोमबार

हकिंगको पिएचडी २० पटक हेरियो