१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपीडितको फाइल समन्वय समितिबाट गायब

रसुवा— जिल्ला समन्वय समिति रसुवाबाट भूकम्प पीडितको पहिलो किस्ता सिफारिसको फाइल गायब भएको छ। पहिलो किस्ता सिफारिस भएका कालिका गाउँपालिका–३ का ८ जना लाभग्राहीको फाइल गायब भएको हो। चैतमा सिफारिस भएको ८ जना लाभग्राहीको फाइल हराए हो।

राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाले आइतबार सदरमुकाम धुन्चेमा आयोजना गरेको एक कार्यक्रममा सहभागी जनप्रतिनिधिले सो कुरा बताएका हुन् ।

कालिका गाउँपालिका–३ का वडाध्यक्ष पुष्पराज न्यौपानेले प्रश्न गरे, ‘चैतमा सिफारिस भएको फाइल साउनमा हराएछ, दोस्रो पटक सिफारिस गरिएको फाइल कहाँ पुग्यो ?’ फाइल हराएको तीन महिना बित्दा समेत फाइल खोज्ने प्रयास नभएपछि पुनः अर्को फाइल ल्याउँदा समेत प्रक्रिया अगाडि नबढाइदिएको कालिका गाउँपालिका–३ का भूकम्पपीडित बिश्वास नेपालीले बताए।

सुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन् ‘सोमबार साँझ ५ बजेभित्र फाइलको बारेमा सम्पूर्ण जानकारी जिल्ला प्रशासन कार्यालयमा ल्याउनु, फाइल नपठाएमा कारवाही प्रक्रिया अघि बढाउँछौ।’

‘किस्ता सिफारिसका लागि चैतमा फाइल इन्जिनियरले लगेका थिए, साउनसम्म किस्ता नपाएपछि समन्वय समितिमा जाँदा फाइल भेटिएन्’, उनले भने। फाइल नभेटिएपछि फाइल हराएका लाभग्राहीको फाइल कार्यालयमा नै पु¥याउँदा समेत चासो नदेखाएको उनको गुनासो थियो ।
फाइल हराएको थाहा पाएपछि स्थानीय विकास अधिकारी, सभापति, राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख अचम्ममा परका छन्। उनीहरुले फाइल हराएको बारे थाहा नभएको बताए।

वडा कार्यालयलाई फाइल हराएकोबारे निवेदन दिन प्राधिकरण, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकान्त उपाध्यायले आग्रह गरेका थिए। उनले भने, ‘वडा कार्यालयबाट निवेदन दिनुस, कार्वाही प्रक्रिया अगाडी बढाउँछौ।’

फाइल हराएको बारेमा आपूmले जानकारी नपाएको जिल्ला समन्वय समिति रसुवाका सभापति कुलप्रसाद भट्टले बताए । फाइल हराएको विषयमा मलाई जानकारी छैन्, यसको विषयमा छानबिन गरेर प्रक्रिया अगाडी बढाउँछु’, उनले भने।

फाइल हराएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालयले फाइलको बारेमा सम्पूर्ण विवरण मागेको छ । फाइल कस्ले ल्याएको ? कहाँ कहाँ दर्ता भएको छ ? कहाँ आइपुगेपछि हराएको हो भन्ने सम्पूर्ण विवरण पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

फाइल हराएको गुनासो आएपछि रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन् ‘सोमबार साँझ ५ बजेभित्र फाइलको बारेमा सम्पूर्ण जानकारी जिल्ला प्रशासन कार्यालयमा ल्याउनु, फाइल नपठाएमा कारवाही प्रक्रिया अघि बढाउँछौ।’ इन्जिनियरले भवन डिभिजन कार्यालयमा ल्याएको र उक्त कार्यालयबाट जिल्ला समन्वय समितिमा पठाएपछि फाइल गायब भएको हो।

 

प्रकाशित: १२ कार्तिक २०७४ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App