१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मेसी र पाउलिन्हो चम्किँदा बार्सिलोना विजयी

मेसी

बार्सिलोना— स्पेनिस लिगमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम गर्दै एट्लेटिको विल्वाओलाई पराजित गरेको छ। गएराति उसैको मैदानमा भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई २–० ले पराजित गरेको हो।

अपराजित रहेको वार्सिलोना जितसँगै १० खेलबाट २८ अंकसहित लिगमा शीर्ष स्थानमा छ। यो जितसँगै बार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग ८ अंकको दूरी बनाएको छ।

३६ औं मिनेटमा मेसीले गोल गर्दै मेसीले टोलीलाई अग्रता दिलाएका थिए। यो सत्रमा मेसीको यो १२ औं गोल हो। पाउलिन्होले इन्जुरी समयमा गोल थप्दा बार्सिलोना २–० ले विजयी हुन पुग्यो।

यो सिजनमा अपराजित रहेको वार्सिलोना जितसँगै १० खेलबाट २८ अंकसहित लिगमा शीर्ष स्थानमा छ। यो जितसँगै बार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग ८ अंकको दूरी बनाएको छ। रियलले वार्सिलोनाभन्दा एक खेल कम खेलेको छ।

अर्को खेलमा भ्यालन्सियाले अलाभेजलाई २-१ ले पराजित गर्‍यो। १० खेल खेलेको भ्यालेन्सियो २४ अंकका साथ दोस्रो स्थानमा छ।

अन्य खेलमा सोभियाले लेगानेसलाई २-१ ले हरायो भने एट्लेटिको मड्रिड र भियारियलले १-१ को बराबरी खेल्दै अंक बाँडे।

प्रकाशित: १२ कार्तिक २०७४ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App