१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महोत्तरीमा २ हजार ७ सय ५१ म्यादी प्रहरी छनौट

महोत्तरी-  अगामी मंसिर २१ गते हुने दोस्रो चरण अन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि महोत्तरीमा म्यादी प्रहरी छनौट प्रक्रिया सकिएको छ।

प्रारम्भिक स्वास्थ्य परिक्षण , शारीरिक तन्दुरुस्ती , लिखित र अन्तर्वाता मार्फत २ हजार ७ सय ५१ जना म्यादि प्रहरी छनौट गरिएको हो।

४ सय २६ महिला र २ हजार ३ सय २५ पुरुष म्यादि प्रहरी छनौट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । छनौट गरिएको संख्याको २० प्रतिशतको नाम वैकल्पीकमा छनौट गरिएको हो।

वैकल्पीक तर्फ ४ सय ६५ पुरुष र ५४ महिलाको नाम सार्वजनिक गरिएको छ । जिल्ला सुरक्षा समिति महोत्तरीले शुक्रबार राती सम्म लगाएर नतिजा तयार गरि सार्वजनिक गरेका हुन्।

जिल्लामा आवश्यक पर्ने म्यादी प्रहरी छनौटका लागि गत असोज २४ गतेबाट ३० गते सम्म आवेदन माग गरिएको थियो। माग गरिएको आवेदन अनुसार ८ हजार ९ सय ५६ जना फारम भरेका थिए।

महोत्तरी जिल्लामा निर्वाचनका लागि २ हजार ३ सय २५ म्यादि आवश्यक भए पनि वैकल्पीक ५ सय १९ जना गरि नतिजा सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।

छनौटमा परेका म्यादी प्रहरीहरुलाई कार्तिक१२ गते आईतबार सम्पर्क गर्ने मिति तोकिएको र सोको भोलिपल्ट देखि कार्तिक २४ गते सम्म आधारभुत तालिम दिएर कार्यक्षेत्रमा पठाईने एसपी कडायतले बताएका छन्।

सफल भएकाहरु नियुक्ति लिन नआएमा , तालिमको क्रम र कायए क्षेत्रमा खटाएको बेला भागेमा वैकल्किपकहरुबाट क्रम अनुसार बोलाईने उनले बताए । जिल्ला सुरक्षा समितिले कार्तिक ५ गते देखि ९ कार्तिक सम्म छनौट प्रक्रिया संचालन गरेको थियो।

 

 

प्रकाशित: ११ कार्तिक २०७४ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App