१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धार्मिक उपासना तथा सद्भावको पर्व ‘छठ’को धुमधाम

छठ पूजाका लागि सजाइएको वीरगन्जको घडिअर्वा पोखरी। तस्बिर: रितेश त्रिपाठी

 बीरगन्ज- कार्तिक महिनाको शुक्ल पक्षको चौठ तिथीबाट सुरु हुने छठ पूजाको पहिलो दिन ब्रतालुहरुले नहा–खाएके बिधी मंगलवार गरेका छन्। ब्रतारम्भ गर्दै पहिलो दिन बिशेष बिधिपुर्वक नुहाएर खाने चलन छ । यसैलाई लोकबोलीमा ‘नहाए–खाएके दिन’ भनिएको हो।

संस्कृतिका जानकार र भोजपुरीका अग्रज साहित्यकार पण्डित दिपनारायण मिश्र छठका बिधिहरु कठीन र यसको महत्व बिषेश रहेको बताउँछन्। छठका ब्रतालुहरुका लागि भोजनमा मांशाहार र लसुन र प्याज वर्जित हुन्छ । नहाखाएके दिनको भोलीपल्ट पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा आँपको दाउरा बालेर अगहनीको चामलमा गुड (भेली) हालेर ‘रसियाव’ र चोखो एवम् शुद्ध गहुँको पिठोको रोटी पकाइन्छ । दिउँसोभरी निराहार बसेका बर्तालु ‘रसियाव रोटी’लाई पूजा गरी अग्नी तथा गाईलाई पहिलो अशं दिएपछि आफु खन्छन् । यसलाई प्रसादको रुपमा घरपरिवारकाले खाने र छठ बर्तालु नभएका परिवार छरछिमेकलाई प्रसादस्वरुप बाड्ने चलन छ । विवाहिताले नाकको माथीदेखि निधार हुदै पूरा सिउंदो भरी केशरिया रंगको सिन्दूर लगाएका हुन्छन्।

 ‘रसियाव रोटी’ ग्रहण गरेपछि लगभग ३६ घण्टे निराहार र निर्जला उपासना सुरु हुन्छ । षष्ठीको बर्तालुहरु साँझपख ‘छठी घाट’ भनिने जलासय वा नदीको किनारमा ‘सिरसोप्ता’ माताको पुजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अघ्र्यदान गर्छन्। तराईको माहापर्व भनिने छठ मंगलवार सुरु भएको हो । बुधवार रसियावरोटीको बिधी र बिहीवार सझिया घाटको मुल अर्घदान परेको पंडित अरबिन्द पाठक बताउँछन् । वीरगन्जका ३२ वटा वडाका करिब सय जति घठघाटहरु सिंगार्ने काम अन्तिम चरणमान पुगेको तयारी तथा ब्यवस्थापन समितिहरुले जनाएका छन् । घडिअर्वा, रानीघाट, मुर्ली, स्विमिङपुल, नगवा, रामगढवा, लगायतका वीरगन्जका छठघाटहरु सजावटको लागि प्रसिद्ध छन् ।

‘हाम्रो सबै तयारी पुरा भएको छ, टेन्टका केही काम र सरसफाई सकिएर बुधवार दिउँसोसम्म सम्पुर्ण तयारी सकिने छ,’ घडिअर्वा छठ पुजा ब्यवस्थापन समितिका सचिव मनोहर साहले भने, ‘त्यसपछि ब्यवस्थापन, सूरक्षाको काम भने हामीले अयिन्तमसम्म गर्नु पर्ने हुन्छ । बर्तालु र छठका दर्शनार्थीहरुको सहयोगका लागि समितिले ८० जना स्वमसेवक परिचालन गरेको जनाएको छ । यसपाली घडिअर्वा पोखरीको पूजा ब्यवस्थापनका लागि ११ लाख ५१ हजार रुपैयाको बजेट समितिले राखेको कोषाध्यक्ष प्रेमकुमार गुप्ताले बताए । बिहान सूरक्षा ब्यवस्थापनका लागि समिति र सूरक्षा निकायका अधिकारीहरुविच छलफल भएको थियो । घडिअर्वामा मात्र बर्तालु र दर्शनार्थी गरी २ लाख मानिसहरुले बिहीवार साँझको छठ घाटमा चहलपहल गर्ने समितिको अनुमान छ ।

वीरगन्जका अरु छठघाटहरु पनि त्यसै गरी सजाइएका छन् । ग्रामिण भेगमा पनि छठको चहलपहल धुमधाम छ । बिहीवार साँझ अस्ताउँदो सूर्यलाई अर्घदान गरिने छठ शुक्रवार बिहानको उदाउदो सूर्यलाई अर्घदान गरेपछि ब्रतको उद्यापन हुने छ । धर्मबारे लेख्ने स्तम्भकार उमाशंकर द्विवेदीका अनुसार छठ पूजा उत्सवको रुपमा मात्र नभई क

ठीन ब्रत र उपवास पूर्वक गरिने तपस्याको रुपमा देखा पर्दछ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण अराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास छ ।

उनका अनुसार ‘छठ’ विशुद्धरुपमा ‘प्रकृती र पुरुष’को पूजा हो । सन्तान उत्पादनको लागि दैवी कृपाको आपेक्षा यस ब्रतले गर्दछ । झट्ट हेर्दा यो सूर्यको पूजा झैं देखिए पनि पुराण अनुसार यो मूलप्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो । छठ पूजाको विशेषता अस्ताउदो सूर्यलाई समेत अघ्र्यदान दिनु पनि हो ।

 

 

प्रकाशित: ७ कार्तिक २०७४ १४:२६ मंगलबार

धार्मिक उपासना तथा सद्भावको पर्व छठको धुमधाम