२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पुनःनिर्माण प्राधिकरणका सिइओद्वारा पदभार ग्रहण

काठमाडौं- पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज भूसालले पदभार ग्रहण गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत रहेका भूसालले मंगलबारदेखि पुनःनिर्माण प्राधिकरणकाको तेस्राे प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्रीपरिषदकाे साेमबार बसेकाे बैठकले पूर्व सचिव भूसाललार्इ पुनःनिर्माण प्राधिकरणकाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेकाे थियाे ।  प्राधिकरणका सीइओ डा गोविन्द पोखरेलले राजीनामा  दिएपछि सरकारले भूसाललाई नयाँ सीइओ नियुक्त गरेको हो।

यसअघि पोखरेलले शनिबार राजीनामा दिएका थिए। सरकारले उनलाई तत्कालका लागि भन्दै नियुक्त गरेको हो।  पोखरेल प्युठानमा राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै निर्वाचन आयोगले जिल्ला छोड्न समेत निर्देशन दिएको थियो।


 

प्रकाशित: ७ कार्तिक २०७४ ०६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App