१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियाको आगलागीमा ज्यान गुमाउनेको संख्या २९ पुग्यो

लस एन्जलस् – अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि लागेको आगोमा मर्नेहरूको संख्या २३ पुगेको छ।

क्यालिफोर्नियाको हजारौ हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौ मानिसहरू बेपत्ता भएका छन् भने हजारौ विस्थापित छन्।

आगलागीका कारण प्रभावित करिब २० हजार मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ। आगलागीका कारण घाइते भएका सयौं मानिसहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागी भएको क्षेत्रमा राष्ट्रिय संकटको घोषणा गरेको ह्वाइट हाउसले बताएको छ। आगलागीको घटना एकदमै हृदय विदारक भएको बताउँदै आगलागीमा परी ज्यान गुमाउनेहरू प्रति राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गरेका छन्।

आगलागीका कारण करिब १५ सय घरहरू पूर्ण रूपमा नष्ट भएका छन् । आइतबार राती भएको उक्त आगलागीबाट बच्नका लागि त्यस क्षेत्रका मानिसहरूलाई हवाई जहाजको प्रयोग गरी सुरक्षित स्थानमा सारिएको क्यालिफोर्निया राज्यका गर्भनरले बताए।

अंगुर खेतीका लागि लोकप्रिय उक्त क्षेत्रमा सुकेका अंगुरका पातहरूमा भएको आगलागीका कारण नै आगलागी व्यापक बनेको हो।

प्रकाशित: २७ आश्विन २०७४ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App