१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भएन पुनर्निर्माण, उम्रियो झार

सरकारी निकाय बीचको विवादले ऐतिहासिक तथा पुराताŒिवक महŒवको रानीपोखरी पुनर्निर्माण एक वर्षदेखि अलपत्र परेको छ ।
पुनर्निर्माण सुरु भएपछि पुरातŒव विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा रानीपोखरीको भविष्य नै अन्योलमा परेको हो ।

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त रानीपोखरीमा अहिले झारले ढाकेको छ । करिब एक वर्षअघि पुनर्निर्माणका लागि भन्दै पोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो ।

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीमा अहिले झारले ढाकेको छ । करिब एक वर्षअघि पुनर्निर्माणका लागि भन्दै पोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो । पोखरीलाई सुक्खा बनाइए पनि पुनर्निर्माण अघि नबढ्दा रानीपोखरीकै अस्तित्व संकटमा पर्ने देखिएको हो ।
गत वर्ष अघि बढेको पुनर्निर्माणमा ऐतिहासिक र पुराताŒिवक महŒवलाई ख्याल नगरिएको भन्दै राष्ट्रसंघीय निकाय युनेस्कोले पुनर्निर्माणमा रोक लगाएको थियो । त्यसपछि पुनर्निर्माणमा पुरातŒव विभाग र काठमाडौं महानगरपालिकाले बेवास्ता गर्दै आएका छन् ।
रानीपोखरीलाई ऐतिहासिक सम्पदा मानिन्छ । १६औँ शताब्दीमा निर्मित रानीपोखरी र यसको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको मौलिकतालाई ध्यानमा राखेर पुनर्निर्माण गर्नुपर्ने संस्कृतिविद् बताउँछन् ।
‘भूकम्पपछि जेनतेन पुनर्निर्माण थालिएको थियो, त्यसमै बेथिति देखिँदा युनेस्कोले काम रोकिदियो,’ संस्कृतिविद् चुण्डा बज्राचार्यले भनिन्, ‘पुनर्निर्माणमा परम्परागत निर्माण सामग्री प्रयोग गर्न नसकेकाले यस्तो भएको हो ।’ त्यतिबेला पुनर्निर्माण गर्दा ढुंगा, सिमेन्ट, रोडा, गिटीलगायत कंक्रिट प्रयोग गरेको पाइएपछि स्थानीयले विरोध गरेको उनले बताइन् ।
रानीपोखरी पुनर्निर्माणमा सरकारी निकायले चलखेल गरेको उनी आरोप लगाउँछिन् । ‘काम रोकिएको एक वर्ष बित्दा पनि रानीपोखरी पुनर्निर्माण गर्नेतर्फ सरोकारवालाको ध्यान नहुनु गैरजिम्मेवारीको हद हो,’ उनले भनिन् ।
काठमाडौं महानगरपालिकाले पाँच महिनाअघि नै रानीपोखरी पुनर्निर्माण सुरु गरेको दाबी गर्दै आएको छ । महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्की रानीपोखरीको बाहिरी भाग बनाउने  काम भइरहेको दाबी गर्छन् । पोखरी सफा गर्ने, पुरानो माटो निकाल्ने र वरिपरि सफा गर्ने काम भइरहेको उनले बताए ।
‘अहिले पोखरीछेउछाउ सरसफाइको काम भइरहेको छ,’ उनले भने । प्रवक्ता कार्कीले पोखरीको पिँधमा पानी नअडिने भएकाले खानी विभाग र भूगर्भविद्सँग छलफल भइरहेको बताए । ‘पहिला पोखरीको पिँधमा चिम्टाइलो माटो राखिएको रहेछ,’ उनले भने, ‘अहिले पनि पानी अड्याउन त्यस्तै माटो ल्याउँछौँ ।’
उनले पहिलो चरणको काम सकिन लागेकाले तिहारपछि अर्को ठेक्का दिने र पोखरीको भित्री भागमा काम हुने बताए । ‘हामीले मौलिकता र ऐतिहासिक पक्ष दुवैलाई केन्द्रमा राखेर काम अघि बढाएका छौँ, त्यसैले केही ढिला भएको हो,’ कार्कीले भने ।
पोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातŒव विभागको जिम्मामा भए पनि विभागले हालसम्म कुनै काम अघि नबढाएको आरोप कार्की लगाउँछन् । ‘महानगरले यो तिहारसम्म सक्ने गरी मन्दिरको पुनर्निर्माण थालेको थियो,’ उनले भने, ‘विभागले अवरोध सिर्जना ग¥यो, अहिले मन्दिर पुनर्निर्माण अलपत्र छ ।’  
उपत्यकाभित्र भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये रानीपोखरी पुनर्निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको घोषणा गरेको थियो । तर, हालसम्म पुनर्निर्माण अघि बढ्न सकेको छैन ।
बालगोपालेश्वरमा विवाद  
रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर (जमलेश्वर) मन्दिर पुनर्निर्माणमा पुरातŒव विभाग र काठमाडौं महानगरपालिकाबीच तीव्र विवाद देखिएको छ । निर्माणमा मौलिकता नराखेको भन्दै पुरातŒव विभागले गत वर्ष भदौमा मन्दिर पुनर्निर्माण रोकिदिएको थियो । त्यसपछि यसको पुनर्निर्माण थालिएको छैन ।
महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको मन्दिर विवाद उत्पन्न गराएर  पुरातŒव विभागले रोकेको काठमाडौं महानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुरेशकुमार राई दाबी गर्छन् । ‘हामीलाई पुनर्निर्माणमा अवरोध नगरेको भए अहिलेसम्म लगभग मन्दिर पुनर्निर्माण सकिन्थ्यो,’ उनले भने, ‘मौलिकताको बहाना बनाएर मन्दिर पुनर्निर्माण रोकियो ।’ मन्दिर पुनर्निर्माण पुरातŒवकै जिम्मामा रहेको उनले बताए ।
पुरातŒव विभाग महानिर्देशक भेषनारायण दाहालले भने मन्दिर पुनर्निर्माणका लागि प्राविधिक तयारी भइरहेको बताए । ‘बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणका लागि हामीले साम्रगी जुटाइसकेका छौँ,’ उनले भने, ‘चाँडै मन्दिर पुनर्निर्माण हुन्छ ।’
प्राचीन महŒव बोकेको सम्पदालाई पुरानो स्वरूपमै भूकम्प प्रतिरोधी बनाउने भन्दै पुरातŒव विभागले जिम्मा लिएको हो । गत वर्ष भदौमा दुई महिनाभित्र काम सुरु गर्ने भन्दै पुनर्निर्माण जिम्मा लिएको भए पनि हालसम्म निर्माण अघि बढाएको छैन । विभागले एक करोड ४० लाख लागतमा मन्दिर पुनर्निर्माणको योजना अघि बढाएको थियो । यो मन्दिर राजा प्रताप मल्लका पालामा निर्माण भएको हो ।
विभाग प्रवक्ता रामबहादुर कुँवर महानगरपालिकाले मन्दिर बनाउँदा मौलिकता र स्थानीयको सोचअनुसार नबनाएकाले बीचमै रोक्नुपरेको बताउँछन् । ‘स्थानीयको विरोध र युनेस्कोको खबरदारीपछि मन्दिर पुनर्निर्माण जिम्मा हामीले पाएका हौँ,’ प्रवक्ता कुँवरले भने, ‘अब लगत्तै मन्दिर पुनर्निर्माण सुरु हुन्छ ।’ उनले काठ, माटो र ढुंगा जुटाउने काम भइरहेको जानकारी दिए ।
भाइटीकाका दिन दाजुभाइ, दिदीबहिनी नभएकाले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन छ । इतिहासकारका अनुसार प्रताप मल्लले कान्छा छोरा चक्रवतिन्द्रको मृत्युपछि रानीलाई शोकमुक्त गराउन रानीपोखरी बनाएका थिए । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोरासहितको सेतो मूर्ति पनि राखिएको छ ।

प्रकाशित: २७ आश्विन २०७४ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App